सरकार र अनसनरत डा. गोविन्द केसीबीच १२ बुँदे सम्झौता भएको छ । शुक्रबारदेखि नै पटक पटक सहमतिको प्रयास गरिएको भएपनि शनिबार राती ११ बजे दुई पक्षबीच सम्झौता भएको हो । सम्झौता अनुसार केसीले आईतबार विहान ९ बजे अनसन तोड्ने सहमति भएको छ । सहमति अनुसार अब चिकित्सा शिक्षा ऐन लागू नभई नयाँ मेडिकल कलेजले बिस्तारित वा कुनै पनि हिसाबले नयाँ कार्यक्रम र सम्बन्धन पाउने छैनन् । पोष्टग्राजुयट तहको पढाई क्रमश निःशुल्क हुनेछ । सहमतिलाई मन्त्रीपरिषद्ले पास गर्नेछ ।