विदेश पठाई दिने भन्दै ठगी गर्ने लाइ प्रहरीले यसरी समात्यो
जानकारी केन्द्र
२०७३, मंसिर, १९
काठमाडौं,
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार दुबईमा आकर्षक तलव पाउने कम्पनीहरुमा पठाईदिन्छु भनी नक्कली भिषा समेत देखाई ठगी गर्ने काभ्रे कात्तिके देउराली–१ घर भई हाल लाजिम्पाट बस्ने बुद्धकुमार लामालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
लामाले सिन्धुली बेलघारी–४ का गितिन्द्र बहादुर ठकुरी समेत ५ जनाबाट १० लाख रुपैयाँ, काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने कविन शाही समेत ७ जनाबाट ११ लाख, डडेलधुरा ओमरगढी–१ का दिल बहादुर तमोलीबाट १ लाख ९२ हजार, बविता काजु र कविता श्रेष्ठलाई युरोपका आकर्षक तलव पाउने देशहरुमा पठाईदिने भनी ३ लाख, राकेश प्रधान, जनकलार पौडेललाई फ्रान्समा पठाईदिने भनी ५ लाख ५० हजार, खगेन्द्र गुरुङलाई आबुदावीमा क्रुजमा पठाउने भनी २ लाख समेत गरी जम्मा ३३ लाख ४२ हजार लिई सम्पर्क विहिन भएका थिए । लामालाई खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लाजिम्पाटबाट पक्राउ गरी थप कारवाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौमा पठाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

