संसोधनको विपक्षमा लाग्नेलाई कारवाही गर्ने देउवाको चेतावनी
काठमाडौं २० मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सविधान संसोधनको विपक्षमा गए कारवाही गर्ने चेतावनी दिएका छन् । उनले अहिलेको संसोधन प्रस्ताव कांग्रेसको भएकोले त्यसलाई पारित गराउने अभियान लाग्न र विरोधमा नजान चेतावनी दिए ।
बिहान आफ्नो निवास बुढानिलकण्डमा संसोधनमा असन्तुुष्ट रहेका नेताहरुलाई बोलाएर उनी संसोधन प्रस्तावमो विरोध नगर्न चेतावनी दिएका हुन् ।
देउवाले संसदमा दर्ता भएको संविधान ससोधन प्रस्ताव बहुमतले पारित हुने वाताबरण बनिरहेकाले पार्टीभित्रैबाट त्यसको विरोधमा जानुु गलत भएको बताए । संशोधन प्रस्ताव अघि बढी सकेकाले अब पछि नहट्ने देउवाले स्पष्ट पारे । प्रस्ताव पारित गराउन प्रधानमन्त्री प्रचण्ड भन्दा देउवा खरो बनेका छन् ।
उनले भने ‘संविधान संसोधन अघि बढीसक्यो, बहुमतले पारित हुन्छ, तपाइँहरू ढुक्क हुनुहोस् अब विरोध गर्ने होइन समर्थनमा जानुपर्छ ।’ मधेश र पहाडको विषय झिकेर गरिने आन्दोलनले निकास ननिस्कने उनको धारणा छ ।
स्थानीय निकायको निर्वाचन भने पुरानै संरचनाका आधारमा हुने संभावना रहेकोले अब पार्टीलाई चुनावमा केन्द्रित गर्नुपर्नेमा देउवाको भनाई थियो । असन्तुुट नेतासँग उनले एकघण्टा लामो छलफल गरेका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

