विदेश पठाइदिन्छु भनी ठगी गर्ने धमाधम पक्राउ पर्दै
काठमाडौं, २१ मंसिर
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार रोजगारीको लागि दक्षिण कोरिया पठाईदिन्छु भनी ठगी गर्ने खोटाङ बाकाचोल–३ घर भई काठमाडौ महानगरपालिका–६ बौद्ध तीनचुली बस्ने ३५ वर्षीय लाक्पा तेम्बा शेर्पालाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
शोर्पाले दोलखा श्यामा–४ का साङ्गे शेर्पा सहित ४ जनालाई दक्षिण कोरियामा आकर्षक तलवको सुविधा भएको कम्पनीमा काम लगाईदिने भनी प्रलोभन देखाई विश्वासमा पारी जनही ११ लाख ५० हजार रुपैयाँ लाग्ने भनी बार्गेनिङ गरी ४६ लाख रुपैयाँ लिई टुरिष्ट भिषामा जापान पठाएका थिए ।
जापान पुगे पश्चात शेर्पाको सम्पर्कमा रहेका दलाल नर्वु छिरिङ गुरुङले पुनः प्रति व्यक्ति २ लाखका दरले ४ जनासँग जापानमा नै ८ लाख रुपैयाँ समेत लिएका थिए ।
दक्षिण कोरिया पठाउनको लागि जापानलाई ट्रान्जिट बनाई जान सकिन्छ भनी पीडितहरुलाई विश्वासमा पारी टुरिष्ट भिषाको म्याद समाप्त भए पश्चात जापानको ईमिग्रेशनले परमिट नभएको कारण पक्राउ गरी ९ महिना जेल परी उनीहरु नेपाल फर्किएका थिए ।
विदेश पठाई दिने भन्दै ठगी गर्ने लाइ प्रहरीले यसरी समात्यो
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

