रौतहटमा सुरू भयो भारतिय गाडीमा निगरानी
जानकारी केन्द्र
२०७३, मंसिर, २३
रोशन पोखरेल ,राैतहट
जिल्ला प्रहरी कार्यालय रौतहटले केही दिन देखी भारतिय नम्बर प्लेटको गाडी माथी निगरानी गर्न थालेको छ । जिल्लामा संचालनमा रहेको भारतिय गाडीबाट कुनै अपराध भए सजिलै पहिचान गरी पक्राउ गर्ने, सिमा छेत्रमा हुने तस्करी नियन्त्रण गर्न सहज हुने देखिएकाले भारतिय गाडीहरू माथी निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिन भित्रैमा सात ओटा बोलेरो जिप र एउटा मारूती कार प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीले मंसीर २० गते देखी भारतिय गाडीको सवारी धनी प्रमाणपत्रको प्रतिलिपी, सवारी चालक अनुमती पत्र, इन्सुरेन्सको प्रतिलिपीका साथ साथै नेपाली धनीको नागरिकत्ताको प्रतिलिपी संकलन अभियान सुरू गरेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

