• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • ९ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • १० घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • ११ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १३ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १४ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १६ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १६ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

रेखा थापा राप्रपा नेपाल प्रवेश

admin २०७३, मंसिर, २७

काठमाडौं, २७ मंसिर । चर्चित नायिका रेखा थापा नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने उद्देश्यका साथ कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकीछिन् । सोमबार विधिवत् रुपमा राप्रपा प्रवेश गरेकी नायिका थापाले आफू अब नमरुञ्जेलसम्म यही पार्टीमा रहने समेत उद्धघोष गरेकी छन् ।

राप्रपा प्रवेश गर्नुअघिको दर्जन बढि बैठकहरुमा उनले अध्यक्ष थापासँग आफू पनि यो मुलुकमा राजसंस्था आउनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएको खुलासा गरेकी थिईन् । नायिका थापाले अब राजसंस्था फर्काउनको लागि कुनै ढिलाई गर्न नहुने धारणा अध्यक्ष कमल थापासँग समेत राखेकीछिन् ।

त्यतिमात्रै होईन, उनले त राजसंस्थाको पूर्नस्थापनासँगै मुलुकलाई हिन्दूराष्ट्र बनाउनुपर्ने सुझाव थापालाई दिएकी छिन् । अध्यक्ष थापासँगको भेटवार्तामा उनले राप्रपाबाट चुनाव जितेर अब आफू नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सम्मको धोको राखेकीछिन् ।

चर्चित गायिका एवम् सञ्चारकर्मी कोमल वली राप्रपामा प्रवेश गरेको दुई हप्ता नबित्दै नायिका थापा पनि राप्रपामा प्रवेश गरेपछि यतिवेला नेपाली राजनीतिमा ठूलो चर्चा तथा परिचर्चा भैरहेको छ । हुन त कुनै बेला तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भूमिगत राजनीतिबाट सार्वजनिक हुँदा उनको पार्टीमा प्रवेश गर्नेहरुको पनि त्यतिकै लहर चलेको थियो । ठिक त्यस्तै, पछिल्लो समय कमल थापा नेतृत्वको पार्टीमा पनि नवप्रवेशीहरुको घुँईचो नै लागेको छ ।

राप्रपामा प्रवेश गर्नुअघि गायिका वलीले अध्यक्ष थापासँग निकै लामो छलफल तथा भेटघाट गरेकी थिईन् । उनलाई अध्यक्ष थापाले दाङ्बाट चुनाव लडाउनेसम्मको आश्वासन दिएका थिए । तर थापाले त्यसको लागि पार्टीमा कलाकारहरुको आँधीबेहरी नै ल्याउनेगरि प्रवेश गराउनुपर्ने शर्त राखेका थिए । उता जवाफमा गायिका वलीले पनि आफूले सुरुवातमा नायिका रेखा थापालाई प्रवेश गराउने बचन दिएकी थिईन् । नभन्दै उनीपछि नायिका थापा पनि पार्टी प्रवेश गरि सकेकी छिन् ।

त्यतिमात्रै होईन, गायिका वलीले अब सुपरस्टार भुवन केसीदेखि अन्य थुप्रै चर्चित कलाकाहरुको जम्बो टोली नै राप्रपामा ल्याउने वचन अध्यक्ष थापालाई दिएकी छिन् । उनका वचन अनुसार अब कलाकारहरु कृष्ण मल्ल, गौरी मल्ल, शर्मिला मल्ल, मिथिला शर्मा, लोक गायक बम बहादुर कार्की, रामकृष्ण ढकाल, शिशिर योगी, प्रियंका कार्की, रविन्द्र खड्का, रमेश उप्रेती, गणेश उप्रेती, करिश्मा मानन्धर समेतलाई राप्रपामा ल्याउने वचन दिएकी छिन् ।

रमाईलो त के भने पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा रहेकी नायिका करिश्मा मानन्धरलाई पनि राप्रपामा ल्याएरै छाड्ने उद्धघोष कोमल वलीले गरेकी छिन् । उनले त्यतिमात्रै होईन, आफू यो देशको सञ्चारमन्त्री बन्ने सम्मको लक्ष्य बोकेकी छिन् । हुन त के भने उनले अध्यक्ष थापालाई आफूले प्रधानमन्त्री बनेको हेर्न चाहेको समेत चाहना व्यक्त गरेकी छिन् । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘मलाई हजुरले सञ्चारमन्त्री बनाउनुपर्छ, म तपाईलाई प्रधानमन्त्री बनाउँछु ।’

नायिका थापा राप्रपामा प्रवेश गर्नुभन्दा अघि अध्यक्ष कमल थापा, गणेश थापा र सुनिलबहादुर थापावीच धेरै पटक बैठकहरु भएका थिए । थुप्रै चरणको बैठकपछि थापा राप्रपामा प्रवेश गर्न राजी भएको स्रोतको दाबी छ ।

राप्रपामा प्रवेश गर्नु अघि नायिका थापा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीमा थिईन् । उनले त्यतिवेला पनि माओवादीबाटै चुनाव लड्ने घोषणा गरेकी थिईन् । कुनै समय उनी आफूलाई यो देशमा सबैभन्दा बढी मनपर्ने नेतामा प्रचण्ड भन्दै सँगसँगै छमछमी नाचेकी थिईन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.