• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, पुष १०, २०८२
बिहीबार, पुष १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

प्रहरीभित्रका यी बाघ : जसले हाँसी हाँसी बर्दी फुकाले

काठमाडौं-नेपाल प्रहरीमा सामान्यतः अवकाश पाउनु एक वर्षअघि कुनै पनि प्रहरी अधिकृतलाई युनिट इन्चार्ज दिइँदैन । अवकाश पाउने प्रहरी अधिकृतले प्रधान कार्यालयमै बसेर कार्यालयकै काम गर्नुपर्ने वा कुनै युटिमा सहायक भएर बस्नुपर्ने हुन्छ । प्रहरी प्रधान कार्यालयले अवकाश पाउने अधिकृतबाट सेवा प्रदानमा कमजोरी हुने अवस्था आउनसक्ने र जिम्मेवारी बोध पनि नगर्ने हुनाले इन्चार्जको जिम्मेवारी नदिने रणनीति अख्तियार गरेको हो ।

तर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रमसिंह थापाको हकमा भने यो लागू नभएको राजधानीले खबर  छापेको छ । ३० वर्षे प्रहरी सेवाको अवधिमा उनले २५ वर्ष युनिट इन्चार्जमै बिताए । १५ महिनाअघि काठमाडौं परिसरको जिम्मेवारी पाउँदा अन्य अधिकृतहरुलाई जस्तै उनलाई पनि तीन महिनामै काठमाडौंबाट फिर्ता गर्ने सम्भावना थियो । तर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले काठमाडौंको जनजीवन सामान्य बनाउन उनले खेलेको भूमिकाका कारण अवकाशको अन्तिम दिनसम्म पनि उनलाई फिर्ता बोलाएनन् । फलतः अवकाशको अघिल्लो दिन २९ मंसिर (हिजो) सम्म उनी परिसकै कुर्सीमा बसेर मातहत निकायलाई निर्देशन दिइरहेका थिए ।

जागिरे जीवनकालमा सयौं दबाब झेल्नुपरे पनि सत्यका अघि कोही कसैसँग नझुकेकै कारण उनले अन्तिम अवस्थामा पनि काठमाडौं जस्तो जिल्लाको इन्चार्ज भएर अवकाश पाएको गर्व बोध गरे । अवकाश पाउनु अघि सञ्चारकर्मीहरुसँग उनले काठमाडौं परिसरकै कार्यकक्षमा बोल्दै अव आउने परिसर प्रमुखले शक्तिकेन्द्रको दबाब झेल्न नसक्ने हो भने त्यो नेपाल प्रहरीकै नामर्द प्रहरी अधिकृत हुने दावी समेत गरे ।

जागिरको शुरुवातमै उनी वडा प्रहरी कार्यालय गौशालाको इन्चार्ज हुँदै त्यहाँका टोले दादाहरुलाई तह लगाएर चर्चामा आएका थिए । त्यसयता उनले सबैजसो प्रहरी महानिरीक्षकहरुको मन जिते । सोही क्रममा उनको काठमाडौ परिसर २५ औं युनिट हो ।

५४ वर्षीय एसएसपी थापाले त्यसक्रममा पहुँच, प्रभाव र प्रलोभनलाई परास्त गर्नसके मात्रै प्रहरीले जनताको मन जित्न सक्ने आफ्नो अनुभव समेत शेयर गरेका थिए । सञ्चारकर्मीहरुमाझ शक्तिकेन्द्र, अपराधी, माफिया र व्यापारीलगायतले कसरी आफ्ना स्वार्थ पूरा गर्न प्रलोभन दिन्छन् भन्नेबारे पनि उनले खुलेरै धारणा राखेका थिए ।

‘चुनौतीको सामना गर्न नसक्ने, कसैले दबाब दियो भनेर पन्छिनु, प्रहरीको चेनअफ कमाण्डलाई अटेर गर्नु र सीमित माफियागिरीसँग रमाउने हो भने त्यसको समय क्षणिक मात्र हुन्छ,’ उनले सञ्चारकर्मी माझ बोल्दै भने, ‘अब म खुला आकाशमा जाँदैछु, मलाई कुनै प्रकारको बन्धन छैन तपाईंहरुसँगै रमाउछु ।’

बाँकेमा भगत सिंहलगायत आपराधिक व्यक्ति तथा समूहको आतंक नियन्त्रण, बहुचर्चित युनिटी ठगी काण्डको सफल अपरेसन, रुपन्देहीमा नदी तथा प्राकृतिक सम्पत्तिको दोहन, भूकम्प र नाकाबन्दीका बेला काठमाडौंमा मौलाएको कालोबजारी नियन्त्रणजस्ता विषयले उनलाई प्रहरीभित्रैका बाघको सन्तान डमरुको संज्ञा दिइन्थ्यो ।

२०५७ सालपछि उनी नाफाकै जिन्दगी बिताइहेका छन् । उनी आफै पनि यो जिन्दगी नाफाको जिन्दगी हो भन्छन् । नुवाकोटमा प्रमुख हुँदा तारुकेस्थित चौकीमा कार्यरत प्रहरीलाई मद्दत गर्न टोलीसहित जाँदा माओवादीको एम्बुसमा परेका थिए उनी । सो एम्बुसबाट घाइते भएका थापाको दुवै कानको श्रवण शक्ति गुमेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    • रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन
    • २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.