तेह्रथुमको संक्रान्ति बजारमा अहिले भिषण आगलागी भइरहेको छ । अग्नि सेंढाईको घरबाट सुरु भएको आगोले अन्य पाँच वटा घर समेत जलेर नष्ट भएको बताइएको छ अग्नि सेढार्इंको घरबाट सुरु भएको आगलागीमा सँगै रहेका इन्द्र गाैतम बद्री सेढार्इं, दिपेश सिटौला, अमृत गहतराज र देवेन्द्र पाहीमको घर पूर्णरुपमा जलेको छ बजारको तल्लो भागमा अागो नियन्त्रणमा अाए पनि हावा माथि तिर लागेकोले माथिल्लो बजारमा अझै पअागो नियन्त्रणमा अाउन सकेको छैन
आगो नियन्त्रणका लागि अहिले स्थानिय, प्रहरी र एउटा स्काभेटर प्रयोग गरिएको भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन स्काभेटरले घरहरू भत्काइ रहेकाे छ






