चन्द्रनिगाहपुरमा लागु औषध कोरेक्स सहित दुई जना पक्राउ
रोशन पोखरेल
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । गस्ती टोलीले चन्द्रपुर नगरपालिका वडा नं. ६ स्थित सहिद स्मृति पार्कबाट जुडबेला जाने सडकमा चेक जाँच क्रममा दुई व्यक्ती भागे पछि प्रहरीले समाती खोज तलास गर्ने क्रममा दुई जनालाई लागु औषध सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा राजु वाग्ले र पवन कुमार साह रहेका छन् । उनीहरूको साथबाट कोरेक्स ४४ थान र नाइट्रोभेट ४४ पिस सहित पक्राउ परेको हुन । पक्राउ परेका व्यक्तीहरूलाई हिरासतमा राखी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।