Jankari Kendra
२६ श्रावण २०८३, मंगलवार
Worldlink

राैतहटमा बस दुर्घटना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, पुष, १५
राैतहटमा बस दुर्घटना

रोशन पोख्रेल, राैतहट

रौतहटको चन्द्रपुर न.पा. १ स्थित पुर्व पश्चिम राजमार्गको पश्चिम लच्काह नजिक आज बिहान काकडभिट्टाबाट विरगञ्जतर्फ जान लागेको ना. ४. ख. ७०४७ नम्बरको बस दुर्घटना हुदा ९ जना यात्री घाईते भएका छन । बस अनियन्त्रित भई सडकबाट १५ मिटर दक्षिण तर्फ पल्टन गई यात्रीहरु घाइते भएका हुन, घाइते मध्ये ७ जना समान्य उपचार पछि घर फर्केका तर २ जनाको अवस्था गम्भीर रहेको कारण बाहिर रिफर गरिएको छ । घटनाको सुचनासंगै इलाका प्रहरी कार्यालय चपुरबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटी गई घाइतेहरुलाई उद्वार गरी उपचारको लागि चपुर प्रा.लि. अस्पतालमा भर्ना गराएका र सडक अवरोध हुन नदिई पुर्ण रुपमा संचालन गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाइतेहरुमा विरगंज उ.म.न.पा. वडा नं. ३ बस्ने अं. वर्ष ५९ ईन्द्रजित गुप्ता, वर्ष २७ को राहुल गुप्ता, वडा नं. ४ बस्ने वर्ष ३७ को मदन गुप्ता, वर्ष ३२ कि जस्लिन किशोर वरनवाल, झापा चारआली न.पा. १ बस्ने वर्ष ५० को देवेन्द्र कार्की, मेचि न.पा. १० बस्ने वर्ष ३७ को चेतन फुयाल, नुवाकोट गा.वि.स. वेलकोट बस्ने वर्ष ५४ को गुणराज पाठक, भारत विहार रक्सौल २२ बस्ने वर्ष ३० को राजिव श्रीवास्तव, भारत महाविर चोक बस्ने वर्ष २८ को सुखड साह रहेको प्रहरीले जनाएको छ । घाइतेहरुमा मदन गुप्ता र जस्लिन बरनवाललाई थप उपचारका लागि रिफर गरिएको छ जबकि अन्य सात जना घाइतेहरु मध्ये प्राय समान्य उपचारपछि घर फर्केका छन ।

Top Changing Nepal

युट्युब सट्स