• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • ६ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • ७ घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • ७ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ८ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • २४ घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • १ दिन 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • १ दिन 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

  • २. वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि

  • ३. वैदेशिक रोजगारीमा जाने श्रमिको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालमै

  • ४. नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

  • ५. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ६. सरकारद्वारा सातामा दुई दिन बिदा दिने निर्णय

  • ७. इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक

  • ८. प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

  • ९. दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत

  • १०. नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

मुसहरहरूले यसरी झेल्दै छन पिंढा

admin २०७३, पुष, १५

रबिन्द्र यादव / परासी, १५ पुष । जाडोले कठन्ग्रिदै गएका मुसहरहरुको जिवन कष्टकर बनेको छ । तराईमा बढदो जाडोले मुसहर बस्तीनै समस्यामा परेको छ । ज्याला मजदुरीको पेशा अंगाली छाउनीको घरमा बस्दै आएका मुसहरहरु जाडो कपडाको अभावले जाडो खेप्दैआएका छन् । दिनचर्या चलाउन गाउँगाउँमा ज्याला मजदुरी गर्ने एवं नजिकको खोलानालाबाट माछा मारि विक्रीवितरण गर्ने गरेका छन् । नवलपरासीको गुठीपर्साैनी वडा नम्बर ३ कठहवा स्थित मुसहबस्तीका अधिकांश महिला पुरुषहरु ज्याला मजदुरी नै गरि पेट पाल्ने गरेका छन् । ४५ घरधुरी रहेको कठहवा मुसहर बस्ती जिल्लाको सदरमुकाम परासीदेखि करिब ४० किलोमिटर सिमाक्षेत्रमा अवस्थित छ । शिक्षा एवं जनचेतनाले निकै पछाडी परेका ति मुसहर समुदायलाई सरकारका विभिन्न सेवा सुविधाबाट बन्चित छन् ।

अनुपातमा एक घरमा लोग्ने स्वास्नी र बच्चा गरि ५ जनाको परिवार हुँदो रहेछ । बस्तीका महिलाहरु गाउँगाउँमा उखु काटने, जमिन्दारको खेतीपाती गर्ने र ज्याला मजदुरीमा व्यस्त रहने गरेछन् भनेपुष मान्छे दिल्ली, बम्बई, लोधियाना र अर्काे गाउँमा गई ज्याला मजदुरी कमाउने गरेका छन् । कसरी चलेछ मुसहरको दिनचर्या सयांै वर्षदेखि अटेरपटेर, खरफुस र बाँसको छाउनी (झोँपडी) को घर बनाई बस्दै आएका मुसहर बस्तीमा एक पनि पक्की घर छैन । शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी जस्ता अत्यावश्यक सेवासुविधाबाट बन्चित रहेका मुसहरबस्तीमा सरकार तथा यसको सम्बन्धित निकायको पहुँच पनि न्युन छ । बस्तीका अधिकांश बालबालिकाहरु बा, आमा संगै ज्याला मजदुरीतथा खोलानाला, बाख्रा चराउनकाममा व्यस्त रहने गरेका छन् । बालबालिकाहरु जाडोको कपडा नभएकै कारण अहिले विद्यालय जान सकेछैनन । बालबालिका कपडा लत्ता, किताब, कपीकलम, झोला र बा,आमाको काममा हात बटाउने कारणले नै विद्यालयको मुख हेर्न पाउदैनन् ।

आर्थिक अभावमा गाउँभन्दा बाहिर विदेश समेत जान नपाएका मुसहर युवाहरु पनि गाउँकै जमिन्दारहरुको खेतीपातीमा अल्झेका छन् । मुसहबस्तीमा एक जना मात्र विदेशछन् । बस्तीमा भरिमा कुनै व्यक्ति एस एल सी पास छैनन् । खासगरि विद्यार्थीहरु कक्षा, ७, ८ सम्म पठनपाठन पुरा गरेपछि बा,आमाको काममा हात बटाउन बाध्य भई शिक्षाबाट पछाडी पर्दै गएका छन् । विहान काममा गएर मात्र साँझाविहानपरिवारको छाँक टार्ने मुसहरहरु परिवारका घरको अवस्थापनि दयनिय रहेको स्थानिय छेदी मुसहरले बताए । जाडोमा शिरकडसनार न्यानो कपडाको अभावले परालको ओछ्यान र शिरक समेत बनाई दिन काटने गरेछन् । बस्तीमा १० वर्षमुनिका बालबालिकाहरु बढि छन् जुन बा,आमाको व्यवस्तताले विद्यालयको मुख समेत हेर्नै पाउदैनन् । मुसहर बस्तीमा विशुद्ध खानेपानी छैन, विद्यालय छैन, विजुली पनि छैन । विहान सुतेर उठेपछि हतारहतारमा खाने पकाउने खाने कामले सम्पन्न भएपछि मुसहरहरु काममा दौडी हाल्न पर्ने बाध्यता छ । करिब १० वर्षअगाडी सो बस्तीमा बढि प्रदुषण एकपटक आएको हैजा महामारीले १५ भन्दा बढि मुसहरले ज्यान गुमाएका थिए । चेतनाकै अभावले सरसफाई, जन्मदर्ता, नागरिकता, योजना निर्माण, र सामाजिक भत्ता जस्ता आवश्यक सेवासुविधाबाट बन्चित छन् । मरिमेटी काम गर्ने मुसहरहरु साँझ जाँड रक्सीखाएर हो हल्ला पनि गर्ने गरेको पाईएछ । दिनभरि कमाएको तलब साँझ विहानको छाँकको व्यवस्था मिलाएपछि जाँडरक्सीमा भ्याउने गरेको स्थानियले बताए । बचतको बानी नबसेकै कारणलेआर्थिक रुपले निकै पछी परेका मुसहरहरु विभिन्न अत्यावश्यक सामाग्रीहरु किनमेल गर्न सकेका छैनन् । मुसहर बस्ती बर्तमान सांसद कलवार र तमलोपा बरिष्ठ उपाध्यक्ष त्रिपाठीकै गाउँ हो । गुठीपर्साैनी वडा नं. ३ कठहवाँ कै अर्काे टोल तमलोपाका बरिष्ठ उपाध्यक्ष एवं पुर्व भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री ह्देश त्रिपाठीको गाउँ हो । लागातार ४ पटकदेखि सांसद एवं मन्त्री खादै आएका बरिष्ठ उपाध्यक्ष त्रिपाठी अरु क्षेत्रको विकास गरेपनि आफ्नै गाउँको विकासमा कुनै पहल नगरेको देखिन्छ । १ सय २५ घरधुरी रहेको त्रिपाठीको गाउँमा त्रिपाठी सहित करिब ४० घरमात्र पक्की घर छन् जसमा मुसहर टोल पुरै छाउनी हो । पटक पटक मन्त्री खादै आएको त्रिपाठीले आफ्नो व्यक्तिगत विकास बाहेक निर्वाचन क्षेत्रमा भौतिक पुर्वाधारहरुको विकास नगरेपछि स्थानियहरु बाध्य भई गत दोश्रो संविधासभाको निर्वाचनबाट अर्काे नेता वर्तमान सांसद देवकरण कलवार (सन्तु) लाई जिताएका हुन् । सांसद कलवार (सन्तु) को पनि घर गुठीपर्साैनी नै हो । सांसद कलवारको पनि ३ वर्ष कटिसक्दा मुसहर बस्तीका लागि कुनै किसिमको पहल नभएको स्थानिय रामजति मसुहरले दुखेसो पोखे । सांसद कलवारले पनि आफनो कार्यकर्तालाई मात्र खुशी पार्ने कामले निर्वाचन क्षेत्रनं. ६ को विकास ओझेलमा परेको स्थानियले गुनासो गरे । जिल्लाको सबै भन्दा बढि श्रोत साधन भएको निर्वाचन क्षेत्रनं. ६ अरु निर्वाचन क्षेत्रभन्दा पछाडी पर्दै गएछ । विकासको दृष्किोणले पछाडी पर्दे गएको क्षेत्र नं. ६ अहिलेजिल्लाको सबैभन्दा बिकट क्षेत्रको रुपमा लिने गरिन्छ । यसै क्षेत्रमा गण्डक ब्यारेज, त्रिवेणी धाम, मदारबाबा, उखुर केराको पकेट क्षेत्रहरु छन्

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.