Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

‘मिस इको इन्टरनेशनल २०१७ को उपाधि रोशनीले जितिन्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, पुष, १७
‘मिस इको इन्टरनेशनल २०१७ को उपाधि रोशनीले जितिन्

काठमाडौ । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१७’मा  कामनपा ११ की २१ बर्षीया रोशनी अमात्यले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । इको इन्टरनेशनल लागि आधिकारिकता प्राप्त ग्रिन आर्ट मिडियाले शनिबार राजधानीमा एक कार्यक्रम बीच प्रतियोगी सार्वजनिक गरेको हो ।

कार्यक्रममा मिडियाले अमात्यलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’को क्राउन पनि पहिर्याएको छ । उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१६’की बिजेता नंग्मा श्रेष्ठले ताज लगाइ दिइन् ।

अमात्य गत शनिबार राजधानीमा आयोजित प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगीलाई पछि पार्दै ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’ को विजेता बनेकी हुन् । प्रारम्भिक चरणको निर्णायकमा अभिनेत्री तथा मिस नेपाल श्रृष्ठी श्रेष्ठ, मिस इको नग्मा श्रेष्ठ, अभिनेता मनोज आरसी लगायत रहेका थिए ।

मिस इको इन्टरनेशनल २०१७ आगामी अप्रिलमा इजिप्टमा आयोजना हँुदैछ । ८० राष्ट्रका सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीतामा यो नेपालको तेस्रो सहभागीता हो । यसअगाडी २०१५मा प्रिन्शा श्रेष्ठ र २०१६ मा नग्मा श्रेष्ठले सहभागीता जनाएका थिए ।

प्रतियोगतिामा २०१५ देखि आयोजना हुदै आएको छ । पर्यावरण र संस्कृतिलाई अन्तराष्ट्रिय नेटवर्क मार्फत सुचना प्रवाह गर्न यो प्रतियोगीताको आयोजना हँुदै आएको ग्रीन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले बताइन् ।

Top Changing Nepal

युट्युब सट्स