नक्कली जग्गा धनी बनी ठगी गर्ने गिरोह पक्राउ
काठमाडौँ, १८ पुस
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार नक्कली जग्गा धनी बनेर ३ बिगाह जग्गा बिक्री गरी ठगी गर्ने गिरोहका ३ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङ, ईटहरा–३ बस्ने ४८ बर्षीय देबेन्द्र थापा, झापा गौरीगंज–५ हुक्कागाछी ढुकुरपानी बस्ने ४६ बर्षीय नगेन्द्र कार्की र खोटाङ खल्ले–७ बस्ने ३४ बर्षीय मिन बहादुर भट्टराई रहेका छन् । थापा र कार्कीलाई मंसिर ३० गते सुनसरी ईटहरीबाट र भट्टराईलाई पुस ६ गते ललितपुर लगनखेलबाट पक्राउ गरिएको हो ।
चितवन भण्डारा–२ बस्ने लोकेन्द्र राज पाठकको नामको किता नम्वर १०८२ को ३ बिगाह १ कठ्ठा ५ धुर जग्गा देबेन्द्र थापा समेतको गिरोहले तत्कालीन डिल्लीबजार मालपोत कार्यालय तथा चितवन मालपोत कार्यालयका कर्मचारीसँग मिलेमतो गरी जग्गाधनी लोकेन्द्र राज पाठकको नागरिकता तथा जग्गा धनी पुर्जा कीर्ते खडा गरी आफैं जग्गाधनी बनी मालपोत कार्यालय डिल्लीबजारबाट २०६६ फागुन २८ गते जग्गाको कुल मुल्य १ लाख मात्र राखी जग्गा बिक्री गर्ने लोकेन्द्र राज पाठक तथा जग्गा खरीद गर्ने जीवन राज पाठक उल्लेख गरी बेजिल्ले राजिनामा पास गरेका थिए ।
पास गरेको सम्पूर्ण सक्कल कागजातहरु हुलाकबाट पठाउनु पर्नेमा उक्त गिरोहको हातमा नै दिई उक्त कागजात लिई गई २०६६ चैत ९ गते मालपोत कार्यालय चितवनमा जग्गा नक्कली जीवन राज पाठकको नाममा दाखिला खारेज गरी सोही जग्गा पुन २०६७ बैशाख ६ गते नक्कली जीवन राज पाठकले मकवानपुर स्थित नेचुरल फ्लावर एण्ड हर्बल प्रा.लि. कम्पनीलाई ४९ लाख ५० हजारमा राजिनामा बिक्री गरी ठगी गरेका थिए ।
सो कम्पनीले जग्गा खरीद गरेपछी सुरुमा हिमालय बैंकमा धितो राखि ५ करोड कर्जा लिईसकेपछी सो कर्जा प्राईम बैंकले २०६९ साउन १६ मा काठमाडौंका थप ३ वटा घर समेत धितो राखी कर्जा स्वायप गरी ८ करोड ऋण उक्त नेचुरल फ्लावर एण्ड हर्बल प्रा.लि., कम्पनीले लिएको खुल्न आएको छ ।
उक्त घटनामा सम्लग्न अन्य अभियुक्तहरुको प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

