काभ्रे, २७ पुस : जिल्ला प्रहरी कार्यालय काभ्रे तथा जिल्ला बन कार्यालय काभ्रेले पछिल्लो समय जिल्लामा अवैध रुपमा ओसार पसार हुने काठमा निगरानी बढाएको छ ।
दुवै कार्यालयले संयुक्र रुपमा चेकजाँच कार्य अघि बढाएर जिल्लामा बिना कागजात हुने काठको ओसारपसारलाई निरुत्साहित गर्ने उद्देश्यले काम अघि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सोहि क्रममा प्रहरीले जिल्लाको पनौती नगरपालिका २ नैकिनटारबाट अबैध काठसहित काठधनीलाई पक्राउ गरेको छ ।