नेता कण्डेलद्धारा ५० जना महिलालाई पोषाक वितरण
रबिन्द्र यादव / परासी, २९ पुष ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले एक आमा समुहलाई पोषाक वितरण गरेका छन् । नवलपरासीको जहदा स्थित मझेरी आमा समुहका ५० जना सदस्यलाई नेता कण्डेलले पोषाक वितरण गर्नु भएको हो । आज जहदामा आयोजित पोषाक वितरण कार्यक्रममा नेता कण्डेलले समाज परिवर्तनमा महिला पुरुषको समान हक रहेको बताएका छन् ।
यस आमा समुहले यस क्षेत्रका सामाजिक कुरिती र अपराधहरुलाई न्युनिकरणमा सहयोग गर्ने अपेक्षा राखेको बताउनु भयो । आमा समुहलाई पोषाक वितरण गर्दै नेता कण्डेलले जसरी यसका सदस्य पोषाकमा झल्किनु हुनेछन् त्यस्तै यस क्षेत्रको पनि सामाजिक र संस्कृति झल्काउनमा उहाँहरुको महत्वपुर्ण सहयोग रहने आश व्यक्त गर्नु भयो । ९ महिना अगाडी गठन गरिएको यस आमा समुहले बालबालिका तथा जेष्ठनागरिकलाई मनोरन्जन एवं शान्तीपुर्ण वातावरण दिनका लागि जहदामै एक पार्कको अवधारणा बोकी यसको निर्माण कार्यमा जुटेको आमा समुहका अध्यक्ष रेवती बरालले बताउनु भयो ।
८ कट्टा सार्वजनिक जग्गामा पार्क निर्माणका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट ७० हजार रुपिया संकलन गरि जग्गाको तारबार र वृक्षारोपण समेतको कार्य अगाडी बढि सकेको अध्यक्ष बरालले बताउनु भयो । आमा समुहकि अध्यक्ष रेवती बरालको अध्यक्षता तथा नेका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख अतिथ्यितामा भएको कार्यक्रममा विशिष्ट अतिथि एवं नेपाली कांग्रेस जिल्ला सभापति विष्णु लामिछाने, नेका पुर्व उपसभापति दिप प्रसाद लोहनी, गाविस सचिव गणेश पौडेल स्थानिय समाजसेवी दिपक बराल लगायतले मन्तब्य राख्नु भएको थियो ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

