उद्यम गर्न सरकारले सहयोग गर्ने , हेर्नुहोस सुचना सहित
काठमाडौं । गाउमै बसेर युवायुवति मिलेर कृषि, पशुपन्छी, विज्ञान र सूचना प्रविधिसम्बन्धी कुनै उद्योग वा इलम गर्न चाहनुभएको छ ? यसका लागि एउटा व्यवसायिक प्रस्ताव बनाएर सरकारलाई बुझाउनुहोस् । तपाईको प्रस्तावमा सरकारले लगानी गर्न इच्कुक छ । तर, यसका लागि सामूहिक रुपमा संगठित दर्तावाला संस्था भने आवश्यक हुन्छ ।
राष्ट्रिय युवा परिषद्ले बेरोजगार युवा लक्षित गरी व्यावसायिक परियोजना प्रस्ताव माग गरेको छ । यसमा उत्कृष्ट प्रस्तावले सरकारबाटै आवश्यक सहयोग पाउनेछ । एउटै वडाका युवाले संयुक्त रुपमा समूह बनाएर त्यसलाई आवश्यक प्रक्रियासहित दर्ता गर्नुपर्नेछ । पुरानो संस्था भए त्यसैमार्फत पनि ब्यवायिक परियोजना प्रस्ताव गर्न सकिने छ ।
फागुन ३ गतभित्र त्यस्ता यु्वा समूहले परियोजना प्रस्ताव पेश गर्न सक्नेछन् । ७५ जिल्लाका २४० वटै निर्वाचन क्षेत्रमा ‘एक वडा १० युवा, एक उद्यम’ कार्यक्रमका लागि परियोजना प्रस्ताव मागिएको हो । कृषि, वन, पशुपंक्षी, विज्ञान, सूचना प्रविधि, सञ्चार कला तथा संस्कृति लगायतका क्षेत्रमा आधारित भएर परियोजना तयार गनुपर्नेछ ।
५ वर्षसम्मको लागि ती परियोजनाले काम गर्नुपर्नेछ । १६ देखि ४० वर्ष उमेर समूहका ५ महिलासहित जम्मा १० युवाले परियोजना प्रस्ताव पेश गर्न सक्ने सीमा दिइएको छ । स्थानीय स्रोतमा आधारित हुने परियोजनाले समूहका सबै युवालाई लाभ दिन सक्ने हुनुपर्नेछ । युवा परिषद्ले जिल्लाको युवा समिति कार्यालयमार्फत यो प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

