• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • ६ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • ७ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • ९ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १० घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १० घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • ११ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ११ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. गुगलले सार्वजनिक गर्यो नयाँ फिचरः अब डाटा नमेटी जिमेल ठेगाना परिवर्तन गर्न मिल्ने

  • २. Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode

  • ३. पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

  • ४. एसईई परीक्षा आजदेखि सुरु, पाँच लाख १२ हजार विद्यार्थी सहभागी

  • ५. कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ६. २०८२ चैत २० गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला

  • १०. वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ

गण्डक क्षेत्रमा उखुको अवैध काँटा बढदो प्रशासन मुखदर्शक

admin २०७३, माघ, ८

रबिन्द्र यादव / परासी, ८ माघ । नवलपरासीमा अवैध उखु काँटाको विगविगी बढेको छ । किसानहरुलाई आर्थिक प्रलोभनमा पारी बिचौलियाहरुले अवैध काँटा संचालन गरि उखु स्टक गर्ने गरेका छन् । उखु क्रसिङ्ग उद्योग भन्दा बढि पैसा तिरेर बिचौलियाहरुले उखु खरिद गरि स्टक गर्दै आएका छन् । किसानहरुको उखु भ्याएपछि मिलहरुलाई चर्काे मुल्यमा बेच्ने उद्देश्यले बिचौलियाहरु अवैध काँटा संचालन गरि उखु स्टक गर्दै आएको स्थानियले आरोप लगाए । जिल्लामा उखु उत्पादन घटदै यसवर्ष करिब १८ लाख क्विन्टल उखु मात्र उत्पादन भएको छ ।

जिल्लामा ४ वटा ठुला क्रसिङ्ग उद्योग मध्ये ३ वटा मिल संचालनमा छन् । यस्तै सय भन्दा बढि साना क्रसिङ्ग उद्योगहरु (भेली उद्योग) पनि छन् । सिजनमा एक मिलले १२ देखि १५ लाख क्विन्टल उखु क्रसिङ्ग गर्न पाउन पर्ने हुन्छ । तर संचालित ३ वटै उखु क्रसिङ्ग मिलले यसवर्ष ४ लाख क्विन्टल उखु भन्दा बढि उखु क्रसिङ्ग गर्न नपाउने ईन्दिरा सुगर मिलका जिएम रबिन्द्र नाथ शुक्लाले चिन्ता व्यक्त गरे । एउटा मिलले दिनहुँ ६ हजार देखि ७ हजार क्विन्टलसम्म उखु क्रसिङ्ग गर्ने क्षमता राखेपछि उखुको अभावले २ हजार २५ सय उखु क्रसिङ्ग गर्दै आएका छन् उने बताए । यसरी जिल्लामा उखुको उत्पादन घटदै गयो भने उखु मिलहरु नै विस्थापन हुने अवस्था देखिने शुक्लाले दुख व्यक्त गरे ।

यता उखु अभावको फाईदा उठाउदै बिचौलियाहरु मिलभन्दा बढि मुल्यमा उखु खरिद गरि स्टक गर्दै आएका छन् जुन पछि उखु मिललाई चर्काे मुल्यमा बेची बढि मुनाफा कमाउने उद्देश्य राखेको स्थानियले बताए । यसरी किसान र मिललाई भ्रमित पार्दै बिचौलियाहरु दर्जनभन्दा बढि अवैध काँटा संचालन गरेका छन् जसलाई नियन्त्रण गर्न प्रशासन कार्यालय मौन बसि रहेको छ । एक महिना अगाडी जिल्ला प्रशासन कार्यालयले अवैध काँटा मध्ये ३ वटा काँटा सिज गरेको थियो तर पछि राजनितिक दबाबमा जिल्ला प्रशासन कार्यालयका एक उच्च ओहदाका कर्मचारीले नेता संग कर्सि मेन्टेन गर्न काँटाहरु संग पैसा खाई काँटा खुलाएको उखु कृषक उत्पादक समितिका अध्यक्ष उमेशचन्द यादवले आरोप लगाए । अध्यक्ष यादवका अनुसार यसरी बिचौलियाहरु प्रशासन कार्यालय र गुणस्तर नापतौल विभागका प्रतिनिधिहरुलाई पैसा खुवाउदै अवैध काँटा संचालन गर्दै उखुको कृतिम अभाव समेत सृजना गर्दै आएको बताए । विगतका सालदेखि जिल्लामा ७ हजार ५ सय हेक्टयर क्षेत्रफलमा उखु खेती हुदै आएको छ तर अहिले भुक्तानीको समस्या र केरा खेतीको आकर्षणले क्रमशः उखु उत्पादन घटदै गएको छ । यस गण्डक कमाण्ड क्षेत्रका करिब १४ हजार घरपरिवार उखु खेतीमा आवद्ध रहेको कृषि विकास कार्यालयले तथ्याङ्ग दिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.