Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

गैरकानुनीरुपमा चल्दै सेक्टर वन कार्यालय पाँचखाल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, माघ, १२
गैरकानुनीरुपमा चल्दै सेक्टर वन कार्यालय पाँचखाल

काभ्रे,

 जिल्ला वन कार्यालयअन्तर्गतको सेक्टर वन कार्यालय गैरकानुनीरुपमा सञ्चालन भइरहेको खुलासा भएको छ ।

ब्यवसायी तथा सर्वसाधारणहरुको सहजताका लागि भन्दै पाँचखालमा राखिएको सेक्टर वन कार्यालय बनेपाको बुडोलबाट गैरकानुनीरुपमा सञ्चालन भइरहेको हो । पछिल्लो समय रेञ्जपोष्टहरु इलाका बन कार्यालयमा स्तरोन्नती भएपछि रेञ्जपोष्टले गर्ने सबै काम इलाका वन कार्यालयबाट हुँदै आएको छ ।

यस्तै महादेवस्थानमा रहेको इलाका वन कार्यालयसमेत पाँचखालबाट संचालन हुँदै आएको छ । महादेवस्थान इलाकाका सबै कागजात पाँचखालमा रहेको कार्यालयमा राखिएको छ भने पाँचखालको सेक्टर कार्यालय भने बनेपाको बुडोलमा राखिएको हो । सेक्टर बन कार्यालयका प्रमुख रामकुमार भण्डारीले पाँचखाल जान नमान्दै बनेपाबाट कार्यालय सञ्चालन गरिरहेका छन् ।

जिल्ला बन कार्यालय काभ्रेपलाञ्चोकले समेत गैरकानुनी ढंगबाट कार्यालय संचालन गर्ने मातहतका कार्यालय र कर्मचारीहरुलाई कारवाही गर्न सकेको छैन।

Top Changing Nepal

युट्युब सट्स