बोक्सी कुप्रथा अन्त्यका लागी “अग्निदहन”चलचित्र
जानकारी केन्द्र
२०७३, माघ, १२
पुजन धिताल,काठमाडौँ
बोक्सा बोक्सी हुदैनन् र बोक्सा बोक्सी को आरोप मा कसैलाई दण्ड गर्न पाइन्न भन्ने सोच बोकेर एउटा गैर सरकारी सस्था मान्छे बोक्सी हुन्न कहिल्यै राष्टिय जागरण प्रतिष्ठान बिगत केही बर्ष देखी क्रियाशील छlनेपाल अधिराज्यभर बोक्सा बोक्सी हुदैनन् भन्ने अवधारणालाई विभिन्न कार्यक्रमहरु सन्चालन गरी सामाजिक सचेतना जगाउने काम गर्दै आएको सस्था होlमान्छे बोक्सी हुन्न कहिल्यै जागरण प्रतिष्ठान नेपाल “मान्छे बोक्सी हुन्न कहिल्यै” नामक कविता सग्रह पनि बजारमा आइसकेको छl
यसैको मनोवीज्ञानको कडीको रुपमा उही मान्छे बोक्सी हुन्न कहिल्यै सस्थाको प्रस्तुतिमा अग्नीदहन चलचित्र निर्माण गरीएको छlयस चलचित्रको उदेश्य समाजमा ब्याप्त अबैज्ञानिक सोचको जरै देखी निर्मुल गर्नु होl समाजलाई प्रभावित पार्दै आएका बिषय बस्तु हरुसंगै मानवीय स्वास्थ्य र मनोवीज्ञान लाई चलचित्रको मेरुदण्ड बनाइएको छlबोक्सा बोक्सी कुप्रथा अन्त्यका लागी संवैधानीक तथा कानुनी व्यवस्था रहेतापनी ब्यबहारिक रुपमा बोक्सा बोक्सीको आरोप लागेका पीडित हरुको न्यायमा पौज नहुनु आरोप लागौनी व्यक्ति लाई कारभाई नभयका कारण यो कुप्रथा को अन्त्य हुन नसकीरहेको परिप्रेक्ष्य मान्छे बोक्सी हुन्न कहिल्यै रास्टीय जागरण प्रतिष्ठान,नेपाल ले यस अग्नीदहन चलचित्र निर्माण लाई एउटा कोशे ढुँगाको रुपमा लीएको छlचलचित्रमा अनुपमा भण्डारी,प्रमिला तुलाचन्न,प्रकास घिमीरे,माओत्से गुरुङ,तुलसा जीसी,तारा बहादुर गुरुङ,बिष्णु बास्तोला,ओमराज पौडेल,दुर्गा न्यैपाने,लक्ष्मण ढुंगाना, सरला कुमारी पाण्डे,बीजय राई,प्रसीना आचार्य,कमला कुवर,सन्ध्या आचार्य,धर्मेन्द्र पौडेल,गोबिन्द पौडेल,कृष्ण बहादुर कुवर आदी कलाकारले मुख्य भूमिकामा अभीनय गरेका छन्lचलचित्रको निर्देशन भने घनश्याम लामीछानेले गरेका हुन्lसम्पादन भने दीर्ग खड्काले गरेका हुन्lचलचित्रको सह;निर्देशन भने चन्द्र भटराईले गरेका छन्lभ्वाइस् रेकड़िंग स्टुडियो,कमलपोखरी मा हाल सम्पादन कार्य भईरहेको छlचलचित्र बाट सङ्कलन हुने सम्पूर्ण रकम सस्थाले सस्थाको अभियान मै लागाउने जानकारी गराएlचलचित्रको छायकन भने काठमाण्डौ,चीतवन,मकवानपुर,कास्की लगायतका जिल्ला हरुमा गरीएको जानकारी गराएl यस चलचित्रको प्रदशन गरी सामाजिक सचेतना जगाउने काम सस्थाले गर्ने कुरा पनी उपाध्यायले जानकारी गराएlयी र यस्ता समाजमा आबस्क काम गर्ने सस्था लाई हामीले पनी सहयोग गर्नु जरुरी छl यस्ता सस्थालाई अझ काम गर्ने प्रेरणा थप्न सरकारको ध्यान जानु जरुरत छl
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना








