देशै भर मौसममा बदली : बिभिन्न ठाँयमा बर्षात, कहिले आउँछ सुधार ?
जानकारी केन्द्र
२०७३, माघ, १४
काठमाडौं । उपत्यकामा शुक्रवार बिहानवाट मौसममा बदली आएको छ। मौसममा आएको बदलावका कारण सामान्य पानी पर्ने र चिसो बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारत हुँदै सुदूरपश्चिमवाट नेपाल भित्रिएको पश्चिमी वायुको कारणले मौसम बदलिएको पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्।
मौसमविद् पोखरेलका अनुसार देशका उच्च पहाडी क्षेत्रमा हिमपात हुने र तराईका क्षेत्रमा बाक्लो कुहिरो लाग्ने बताइन्।मौसममा आएको बदली शुक्रवार बेलुकादेखि पूर्वी क्षेत्र सर्दै आइतवारसम्म हट्ने उनको भनाई छ।
मौसम बदलीका कारण उपत्यकासहित देशका पश्चिमी भूभागमा सामान्य बर्षा भएको छ। उपत्यकामा आजको न्युनतम तापक्रम ९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ। रातभर बादल लागेको कारण तापक्रम केही बढेको महाशाखाले जनाएको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

