विद्युत चोर्दै लोडसेडिङ गराउनेहरू यसरी पक्राउ पर्दै
जानकारी केन्द्र
२०७३, माघ, १५
काठमाडौं, १५ माघ
विद्युत चोरी गरी लोडसेडिङ गराउने कार्यमा संलग्न काठमाडौं सुकेधारास्थित बुद्ध वासिङ्ग सेन्टरका संचालक सिन्धुपाल्चोक, लिसंखु–९ का ४० वर्षीय बुद्धकुमार लामालाई विजुली मिटर १ थान र विजुली मिटर सिल २ थान सहित बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न स्थानका उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लज तथा व्यक्तिविषेशका घरमा जडित विजुलीका मिटरबक्सहरुमा विद्युत प्राधिकरणका केही कर्मचारी, उद्योग व्यवसायीको मिलेमतोमा विभिन्न उपकरणहरूको प्रयोग गरी गैरकानुनी रूपमा मिटरबक्सहरूको अंक घटाइ विद्युत चुहावट गरी विद्युतको खपत बढाउनुका साथै प्रत्यक्ष रुपमा लोडसेडिङमा समेत प्रभाव पारी ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई माघ ९ गते महानगरीय अपराध महाशाखाले पक्राउ गरी कारवाही गरेकोमा थप अनुसन्धान गर्दै जाने क्रममा लामालाई पक्राउ गरेको हो ।
साथै काठमाडौं कपनस्थित रामकृष्ण ढुंगेलको सवनम प्लाष्टिक उद्योगबाट विजुली सिल २ थान र विजुली मिटर १ थान, काठमाडौं चावहिलस्थित मुरारी थापाको टेम्पु चार्जिङ्ग कारखानाबाट विजुली मिटर १ थान, विजुली मिटर सिल २ थान र कम्पनी दर्ता प्रमाणपत्र तथा ललितपुर ईमाडोलस्थित रमेशकुमार लुनियाको बोतल कारखानाबाट विजुली मिटर २ थान, विजुली मिटर सिल ४ थान र कम्पनी दर्ता प्रमाणपत्र प्रहरीले बरामद गरेको छ । यि ठाउँका संचालकहरु हाल फरार रहेकोले खोजी भइरहेको नेपाल प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

