ट्रम्प र पुटिनबीच टेलिफोन बार्ता, admin २०७३, माघ, १६ काठमाडौं, १६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच अन्तर्रा्ष्ट्रिय आतंकवादविरुद्ध संघर्ष गर्ने सहमति भएको छ। दुई नेताबीचको टेलिफोन वार्ताका क्रममा आईएसलगायत सिरियामा सक्रिय अरु आतंकवादी समूहविरुद्ध संघर्ष गर्ने सहमति भएको क्रेमलिनले जनाएको छ। कुराकानी सकारात्मक र रचनात्मक भएको भन्दै विज्ञप्तिमार्फत क्रेमलिनले व्यापारमा पारस्परिक हित हुने गरी काम गरिनेमा पनि जोड दिइएको उल्लेख गरेको छ। ह्वाइट हाउसले भने राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीचको कुराकानी सम्बन्ध सुधारमा महत्वपूर्ण सुरुवात भएको जनाएको छ। उनीहरु सम्पर्कमा रहने र छिट्टै भेटवार्ता हुने जनाइएको छ । चुनावी अभियानकै क्रममा ट्रम्पले पुटिनसँग मिलेर काम गर्ने बताएका थिए। गत जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका ट्रम्पले जापान, जर्मनी, फ्रान्स र अष्ट्रेलियाका नेताहरुसँग पनि टेलिफोन कुराकानी गरेका छन् । (एजेन्सीको सहयोगमा) तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ? युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित