हवाई सुरक्षाका लागि ८८ वटा स्वचालित मौसम सूचना केन्द्र बन्ने
मौसम खराबीका कारणले हवाई दुर्घटना भइरहेको कुरालाई दृष्टिगत गरी सरकारले हवाई उडान गरिने रुटको सही सूचना प्रवाह गर्न नयाँ ८८ वटा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ ।
नेपालको एक सय वर्षको हवाई इतिहासमा त्यति नै सङ्ख्यामा हवाई दुर्घटना भएपछि अधिकांश घटना अध्ययन प्रतिवेदनले मौसमको प्रतिकूलतालाई नै दुर्घटनाका कारणका रूपमा देखाएको छ ।
सरकारले देशका संवेदनशील स्थानको पहिचान गरी ती स्थानमा स्वचालित मौसम सूचना केन्द्र स्थापना गर्ने भएको छ । अब स्थापना हुने केन्द्रमा सात दिनपछिसम्मका मौसमको पूर्वानुमानित सूचना प्रवाह गर्ने प्रविधि जडान गरिने भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
मौसम सूचना केन्द्रबाट हवाई उडान रुटको बादलको उचाइ, हवाई उडान हुने रुटमा वर्षा हुन सक्ने अवस्था, तापक्रम, वर्षा, हावाको चाप, सूर्योदय, कृषिका लागि उपयुक्त सूचना, आँधीबेहरी, हिमपात, बाढीलगायतका मौसम पूर्वानुमानसम्बन्धी सही सूचना प्रवाह हुनेछ ।
हाल देशभरमा जम्मा डेढ दर्जन स्वचालित मौसम मापन केन्द्र रहेका छन् भने ती केन्द्रबाट तीन दिनपछिसम्मको सूचनाको पूर्वानुमान गर्न सकिन्छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

