• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • ६ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • ७ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • ९ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १० घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १० घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • ११ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ११ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चर्को घाममा छालालाइ यसरी सुरक्षित राख्न सकिन्छ

  • २. आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

  • ३. फोटोन मोटर्स नेपालद्वारा बिर्तामोडमा सफल कस्टमर मिटको आयोजना सम्पन्न : पूर्वी नेपालसँगको सम्बन्ध थप बलियो

  • ४. सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै

  • ५. नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

  • ८. Foton Motors Nepal Strengthens Its Presence in Eastern Nepal with Itahari Showroom

  • ९. रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु

  • १०. सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय

राजनीतिक संरक्षणमा करोडौंको जडीबुटी तस्करी

admin २०७३, माघ, १६

बाजुरा । जिल्लाको सम्पत्तिका रुपमा रहेको जडीबुटी अवैध रुपमा निकासी भइरहँदा सम्बन्धित निकाय मौनता साँधेर बसेका छन्। पटक–पटक अवैध रुपमा करोडौँको नोक्सानी हुने गरी ठेकेदारले ५५ खाले जडीबुटी निकासी गर्दा पनि कुनै चासो नदेखाइएको स्थानीयवासीले बताउने गरेका छन्। गत मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालय बाजुरा र इलाका वन कार्यालय कोल्टीको संयुक्त टोलीले अवैध रुपमा निकासी गर्न लागेको जानकारी पाएपछि ती जडीबुटी बरामद गरिएको थियो।

जिल्लाका उत्तरी भेगबाट अवैध रुपमा संकलन गरिएको करोडौं मूल्यको जडीबुटी निकासी हुन लाग्दा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरी कार्यालयका अनुसार अवैध जडीबुटी बरामदपछि जिल्ला वन कार्यालयअन्तर्गत इलाका वन कार्यालयलाई बुझाइएको थियो।

जडीबुटी निकासी गर्न खोज्ने दशजना ठेकेदारका नाममा पक्राउ पुर्जी काटिएको एक महिना बितिसक्दा पनि उनीहरु पक्राउ नपरेको जिल्ला वन कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख मनकुमार छन्त्यालले बताए। उनले पक्राउ पुर्जी दिएको एक महिनासम्म पनि पक्राउ गर्न नसकेको स्वीकार गरे। अवैध रुपमा करोडौँ जडीबुटीको कारोबार गर्ने ठेकेदारलाई राजनीतिक संरक्षण दिइएका कारण पक्राउ नगरिएको एक स्रोतले जनाएको छ।

जिल्ला वन कार्यालयको मातहतमा रहेको इलाका वन कार्यालय कोल्टीले मङ्सिर २६ गते कोल्टी र दानसाँघु बजारबाट रु एक करोड ७९ लाख बढी मूल्यको जडीबुटी बरामद गरेको थियो। विशेष सुराकीका आधारमा जडीबुटी बरामद गरिएको हो। प्रहरीले २७ हजार केजी जटामसी, एक सय केजी चिराइतो र ८० केजी कटुकी गरी २८ हजार एक सय ८० केजी जडीबुटी बरामद गरेको थियो।

वन कार्यालयले ठेकेदार सुरतबहादुर शाही, बिर्ख भण्डारी, धनबहादुर छन्त्याल, विष्णुप्रसाद सञ्ज्याल, मङ्गल थापा, बिर्ख रावल, गणेश रावल, राजेन्द्र शाही, नवीनकुमार शाही र दीपक रेग्मीविरुद्ध अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.