Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

नेपालको माटोमा तरकारी खेती गरी लाखौ कमाउँदै भारतीय किसानहरु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, माघ, २९
नेपालको माटोमा तरकारी खेती गरी लाखौ कमाउँदै भारतीय किसानहरु

झापा । मुलुकको उर्वर माटोमा पसिना बगाउनु वेकार ठानेर दैनिक जसो दुई हजार बढी नेपाली युवाहरु वैदेशिक रोजगारीका लागि विदेश प्रस्थान गरिरहेका छन् ।

युवाको अनुपस्थितिले गाउँघर सुनसान मात्र नभई कृषि प्रधान यो मुलुकको धेरै खेतखलिहान बाँझो नै छ । तर यही माटोमा सुन फलाउँदै ठूलो परिमाणमा रकम आफ्नो देश भित्र्याइरहेका छन् भारतीय किसानहरुले ।

भारतको विहार दरबंगा घर भएका विनोद रायले झापाको बिर्तामोडस्थित—४ स्थित अदुवा खोलाको छेवैमा तरकारी खेती गरेको ६ बर्ष बित्यो । १७ वर्ष अघि आफन्तका साथ नेपाल प्रवेश गरेका रायले तरकारी खेती गरेरै आफ्नो ६ जनाको परिवार पालिरहेका छन् । त्यस्तै बिर्तामोड—९, सैनिकमोडमा अर्का भारतीय नागरिक मोहन यादवले भाडामा लिएको जग्गामा तरकारी खेती गरेर वार्षिक लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिरहेका छन् ।

१२ वर्षको उमेरमा भारतको विहारबाटै आमाबुबाको साथ नेपाल छिरेर मोहनले विगत लामो समयदेखि तरकारी उत्पादन गरिरेहका छन् । राय र यादव उदाहरण मात्रै हुन् । आजभोली भारतीय नागरिकहरु झापाका सिमावर्ती शहरहरुमा कृषी कर्म गरेर जीविको पार्जन गर्न आउनेको संख्या बढ्दै गएको छ । सहरआसपासका जमिन भाडामा लिने र तरकारी उत्पादन गरी बिक्री गरी उनीहरुले मनगगे आम्दानी लिइरहेका छन् ।

झापाको बिर्तामोड, दमक र भद्रपुर लगायत सिमाका शहरहरुमा जग्गा भाडामा लिएर तरकारी खेती गर्ने उनीहरुका आफन्त र छिमेकीहरु धेरै छन् । लामो समयदेखि तरकारी खेती गर्दै आएका कतिपय भारतीय किसानहरुले भारतमा रहेका परिवार समेत पालिरहेका छन् ।

नेपाली किसानहरुलाई सरकारबाट उपलब्ध बिऊ, बिजन र प्रविधीहरुमा सहुलियत र सुविधा दिइरहदा पनि कृषी पेशामा अझै आर्कर्षित गर्न सकेको छैन । तर यी किसानले भनै आफ्नै पौरख र अनुभवबाट यतिका वर्षसम्म तरकारी खेती गरिरहेका छन् ।.

भारतीय नागरिकले यसरी कृषी कर्म गरेको जिल्ला कृषि विकास कार्यालय झापामा कुनै जानकारी छैन । भारतीय नागरिकलाई तरकारी खेतीका लागि कुनै सहुलियत नहुने भएकाले सम्पर्कमा पनि नआएको कार्यालयकी सुचना अधिकृत शितल भट्टराईले जानकारी दिनुभयो ।

यसरी भारतबाट आएर नेपाली भूमि भाडामा लिएर तरकारी खेतीबाट यतिको राम्रो आम्दानी गरिरहेका छन्, भारतीयहरु । तर, बिडम्बना मुलुकका युवाहरु भने जमिन बाँझो राखेर राम्रो कमाई हुने आशामा तातो वालुवा चाल्न विदेशतिर लम्किरहेका छन् ।

न्यूज २४ बाट

Top Changing Nepal

युट्युब सट्स