डडेलधुरामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, Facebook Twitter LinkedIn WhatsApp Viber Messenger Email डडेलधुरामा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र २ जनाको उप क्षेत्रीय अस्पताल डडेल्धूरामा उपचारको क्रममा मृत्यु भएको छ ।बुधबार बिहान साढे ११ बजेतिर भागेश्वरबाट सदरमुकामका लागि छुटेको से १ ज ८३३ नम्बरको जीप आइतबजार नजिकै दुर्घटना भएको हो ।गाडीका ११ जना यात्रु रहेकामा अन्य सबै घाइते छन् । घाइतेलाई उपचारका उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ ।मृत्यू हूनेहरुमा अन्दाजी २२ वर्षका भागेश्वर ७ सतीगाउ, नीवासी लक्ष्मण भट्ट ,सोही ठाउका ६० वषृका जयानन्द भट्ट, भागेश्वरलामीकान्डे नीवासी अन्दाजी २४ वर्षका गणेश सार्की,भागेश्वर नीवासी कामदेव चटौत र अन्दाजी ५५ वर्षकी नरपती पाण्डेकोघटना स्थलमानै मृत्यू भएको छ भने उप क्षेत्रीय अस्पताल डडेल्धूरामा उपचारको क्रममा भागेश्वर लामीकान्डे नीवासी अन्दाजी६५ वर्षका पदम मल्ल र अन्दजी ४५ वर्षका दीवाकर पान्डेको मृत्यू भएको छ ।त्यसैगरी दूर्घटनामा घाईते हूनेहरुमा वगरकोटनीवासी ३८ वर्षका भिम सीँ ठगून्ना ,भागेश्वरका १९ वर्षीय रामेश्वर भट्ट, वैतडीका ३० वर्षीय कीशोर भट्ट,झलारी कंचनपूरका मदनसाउद र भागेश्वर ४ की जानकी भट्टको डडेल्धूरा स्थित उप क्षेत्रिय अस्पतालमा उपचार भईरहेको छ तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु भारतीय पर्यटक माथी लुटपाट गर्ने तीन जना पक्राउ अखाद्य तेल र इन्धन बाेकेकाे मिनि ट्रकसहित चालक पक्राउ तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी