दोलखा, झापा, गुल्मि र कपिलवस्तुमा सवारी दुर्घटनामा परी मृत्यु
नेपाल प्रहरीले बताए अनुशार दोलखा : भिरकोट–१ माझी गाँउ घर भई जफे–९ ढोली खोलामा पसल गरी बस्ने सन्तोष माझीको छोरा ३ बर्षीय आशिष माझीलाई शुक्रबार ढोलिखोलाबाट भिरकोटतर्फ जाँदै गरेको बा ३ ख ७३५६ नंबरको टिपरले ठक्कर दिंदा घटनास्थलमा नै मृत्यु भएको छ । टिफर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा : बाहुनडाँगी–३ वडाखाल स्थित ईट्टाभट्टा–गाडागल्ली भित्रि सडक खण्डमा ढुङ्गा लोड गरी आउँदै गरेको बा २ ख ७९०९ नंबरको टिपरले शुक्रबार पैदल यात्री सोही स्थान बस्ने ४० बर्षीया भिमा मगरलाई ठक्कर दिंदा घट्नास्थलमा नै मृत्यु भएको छ । फरार टिपर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
गुल्मी : रेसुङ्गा नगरपालिका–३ स्थित भित्री कच्ची सडक खण्डमा ईस्मारस्थलबाट सदरमुकाम तम्घासतर्फ आंउदै गरेको लु १ त ५६९२ नंबरको ट्याक्टर शुक्रबार अनियन्त्रित भई बाटोबाट अंदाजी सय मिटर तल खस्दा ट्याक्टर चालक कपिलबस्तु शिवपुर–३ बस्ने २१ बर्षीय मनोज चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ ।
कपीलबस्तु : निग्लिहवा–७ पचेहरा स्थित लु १६ प ४७६ नंबरको स्कुटरलाई लु १ ख ७५१२ नंबरको ट्रकले शनिबार ठक्कर दिंदा घाईते भएका स्कुटर चालक सालझण्डि–१ बस्ने ४० बर्षीय दिपक काउछाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै घाईते भएका स्कुटर पछाडि सवार सोही स्थान बस्ने २८ बर्षीय धनलाल दर्लामीको सोही अस्पतालमा उपचार भईरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

