Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

नक्कली प्रहरी बनी न्युरोडमा बैंकमै लुट्ने गिरोह लाइ प्रहरीले यसरी पक्राउ गर्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, फाल्गुन, १२
नक्कली प्रहरी बनी न्युरोडमा बैंकमै लुट्ने गिरोह लाइ प्रहरीले यसरी पक्राउ गर्यो

काठमाडौं, १२ फागुन
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार  काठमाडौं न्युरोडस्थित ग्लोबल आईएमई बैंकबाट प्रेमनारायण खराल र बिधान खरालले ४ लाख २७ हजार झिकेर बाहिर निस्किएको अवस्थामा अख्तियारबाट आएका प्रहरी हौं भनी नियन्त्रणमा लिएर ट्याक्सीमा चढाई खुकुरी देखाई डर, धाकधम्की दिई बसुन्धारा पुर्याई उक्त नगद, ३ थान चेक, ३ थान मोवाइल र पर्ससमेत लुटपाट गर्ने गिरोहलाई महानगरीय अपराध महाशाखाको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौँ मनमैजु बस्ने रुकुम रनमा माईकोट गाविस–१ का २७ वर्षीय विश्वास घर्ती मगर, काठमाडौँ बसुन्धारा बस्ने गोरखा ताप्ले गाविस–२ का २७ वर्षीय नारायण बाँनिया, काठमाडौँ सामाखुशी बस्ने गोरखा, गोरखा नगरपालिका–२ का २२ वर्षीय सुदिप थापा मगर, काठमाडौँ बनस्थली बस्ने गोरखा ताप्ले गाविस–६ का २७ वर्षीय अशोक बाँनिया, काठमाडौँ मित्रनगर बस्ने रुकुम रनमा मईकोट गाविस–३ का २३ वर्षीय धनकुमार परियार र काठमाडौँ बसुन्धारा बस्ने गोरखा ताप्ले गाविस–२ का २४ वर्षीय शिवबहादुर बाँनिया रहेका छन् ।
उनीहरुले लुटि लगेको नगद तथा चेक र मोवाइलसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ अभियुक्तहरुलाई आवश्यक कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाएको छ ।

Top Changing Nepal

युट्युब सट्स