पेट्रोल खाएर नवलपरासीमा एक बालकको मृत्यु । admin २०७३, चैत्र, ५ रबिन्द्र यादव / नवलपरासी नवलपरासी जिल्लकाे सरावल गाँउपालिका वडा नम्बर ४ ललितपुरमा आज एक बालिकाको मृत्यु भएको छ । साबिकको बडहरा दुबौलिया गाविस वडा नम्बर ३ का सिद्दिक कुजडाको नातिनी वर्ष ३ की रोजिना कुजडाले घरमा खेल्ने क्रममा पेट्रोल खाएकोले आज दिँउसो मृत्यु भएको प्रहरी चौकी गोबरहिंयाले जनाएको छ । मोटरसाईकलमा हाल्नका लागि खुल्ला रुपमा आँगनमा राखिएको पेट्रोल बालिकाले सेवन गरेकी थिईन् । पेट्रोल खाएको थाहा भएपछि उनलाई परासी उपचार गराउन ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी गोबरहिंया ईन्चार्ज अम्ब्रीका प्रसाद चौधरीले जानकारी दिनुभयो । उन्को शव पोष्टमार्टमका लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको बताईएको छ । तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन