पैंतीस दिनभित्रमा यसरी छापिंदैछ मतपत्र
काठमाडौं ६ चैत । मतपत्र छपाइको निगरानी गर्न २६ वटा सीसीटीभी जडान गर्ने तयारी भएको छ । जनक शिक्षा सामाग्रीको सेक्युरिटी प्रेसको सिलबन्दी गरिएको क्षेत्रमा २६ सीसीटीभी जडान गर्न लागिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
सबै सीसीटीभी नेपाली सेनाको कमाण्डमा रहने र सेनाले नै गतिविधि अवलोकन गर्ने भएको छ । केन्द्रको सेक्युरिटी प्रेसमा सेना बसिरहेको छ ।
शनिबार साँझ प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मतपत्र छपाइको शुभारम्भ गरेका छन् । आइतबारबाट मतपत्र छपाई कार्य सुरु हुने बताइएको छ ।
– छपाइ अवधिभर छापाखानामा सबैलाई प्रवेश निषेध गरिएको छ ।
– जो कोही कर्मचारीले मतपत्र छपाइ निरीक्षण गर्न अनुमति लिनुपर्ने छ ।
– प्रेसमा काम गर्ने करिब १ सय ४० जना कर्मचारीलाई पासको व्यवस्था छ ।
– छपाइ गर्न केन्द्रका १ सय ४० र निर्वाचन आयोगका करिब २० जना कर्मचारी परिचालित हुनेछन् ।
– सेनाले छपाइ र ढुवानीलगायत सम्पूर्ण जिम्मेवारी लिएको छ ।
– केन्द्रले ३५ दिनभित्र छपाइसक्ने प्रतिबद्धता जनाएको छ ।
– ३५ दिनमा एक करोड ६० लाख मतपत्र छपाइ हुनेछ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

