Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

क्लोन म्याग्नेटिक कार्ड प्रयोग गरी करोडौं रकम चोरी गर्ने आठजना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, चैत्र, ८
क्लोन म्याग्नेटिक कार्ड प्रयोग गरी करोडौं रकम चोरी गर्ने आठजना पक्राउ

काठमाडौं, ८ चैत
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार  काठमाडौं लगायत भारतका ठूला व्यवसाय संचालनमा रहेका पोइन्ट अफ सेल मेशिनबाट बिद्युतीय कार्डहरु डेबिट कार्ड, क्रेडिट कार्ड, सेक्युरिटी कार्ड, प्रिपेड कार्ड र ब्लाङक कार्डको किर्ते गरी करोडौं रकम चोरी गर्ने कार्यमा संलग्न गिरोहका ८ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरीले पोइन्ट अफ सेल मेशिन तथा म्याग्नेटिक कार्ड सहित काठमाडौंका विभिन्न स्थानबाट चैत ६ गते पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं, बुढानिलकंठ बस्ने दोलखा भिमेश्वर नगरपालिका–५ का ३४ वर्षीय सुरेश केसी, काठमाडौं बानेश्वर बस्ने भारत लखनउका ३१ वर्षीय अभिषेक पाण्डे, ललितपुर उपमहानगरपालिका–१३ कुसुन्तीका ३१ वर्षीय केबल प्रताप जबरा, काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीका ३० वर्षीय अनुज नकर्मी, सोही ठाउँका २७ वर्षीय अभिषेक नकर्मी, सोही ठाउँका २३ वर्षीय रोमन महर्जन, ललितपुर मंगलबजार बस्ने काभ्रे मेच्छे गाबिस–८ का ३२ वर्षीय बिजय लामा दोङ र काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी बस्ने भारत नयाँदिल्लीका २९ वर्षीय नदिम खान रहेका छन् ।
उनीहरुले हालसम्म नयाँदिल्लीको ४ वटा कपडा पसलबाट भारतीय रुपैयाँ ३ लाख, कास्की पोखरास्थित टिका रिसोर्टबाट २ करोड, काठमाडौं क्षेत्रपाटीस्थित डि सोभिनियरबाट ३० लाख, काठमाडौं चावहिलस्थित चाँदनी ज्वेलर्सबाट ४७ लाख, भक्तपुरस्थित पौरानिक थान्का तथा मालाबाट ४५ लाख र काठमाडौं महाराजगंजस्थित लिक्वायर कम्पनीबाट ४ लाख रुपैयाँ स्वीप गरी निकालेको खुल्न आएको छ ।
साथै सिटी सेन्टरमा रहेको अडिडास सोरुमको स्वीप मेशिनबाट प्रत्येक दिन १० लाख र उपत्यकास्थित विभिन्न क्यासिनोमा रहेका स्वीप मेशिनबाट प्रत्येक दिन ५० लाख रुपैयाँसम्म निकाल्ने योजना उनीहरुले बनाएको उक्त महाशाखाले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कानुनी कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स