मोर्चाको मोटरसाईकल र्यालि ९ तस्वीरमा
जानकारी केन्द्र
२०७३, चैत्र, ९
रबिन्द्र यादव र परासी, ९ चैत्र ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरासीले स्थानिय चुनाव बहिष्कार अभियान अन्तर्गत आज परासीमा वृहद मोटरसाईकल र्याली निकालेको छ । मोर्चाले सिमावर्ति क्षेत्र महेसपुरबाट करिब हजार मोटरसाईकलको संख्यामा निकालेको र्याली बेलासपुर, उजैनी, मन्झरिया हुदै सदरमुकाम परासीको जिल्ला प्रशासन कार्यालय अगाडी विरोध प्रदर्शन गरेको थियो । प्रशर्दन पश्चात पुनः र्याली हुलाकी मार्ग हुदै जहदा, गोपी गंज, बेलाटारी भएर सुर्यपुरा स्थित कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्ने वक्ताहरुले संसदमा विचाराधिन संविधान संशोधन विधयेक पास नभएसम्म कुनै हालतमा पनि स्थानिय तहको निर्वाचनमा सहभागि नहुने बताएका थिए । निकालिएको र्यालीमा चुनाव बहिष्कार गराैं भन्ने नारा लगाएका थिए ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

