जानकारी केन्द्र
२०७३, चैत्र, १२
विष्णु जोशी/_डडेल्धुरामा
ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । आज मध्यान्नतिर से १ त ८९०८ नम्बरको ट्याक्टर अमरगढी नगरपालिका ११ धनघाट–कोटेली सडकखण्डको धनघाट नजिकै दुर्घटनामा परेको हो ।
छड् बोकेको उक्त ट्याक्टर दुर्घटनामा परि बझाङको देउलेख ४ का २४ बर्षका सुरेश बहादुर बोहराको ज्यान गएको हो ।
ट्याक्टरका चालक धनगढी उपमहानगरपालिका २ बस्ने ओमबिक्रम अधिकारी भने गम्भिर घाईते भएका छन् ।
उनको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ ट्याक्टरमै सवार बझाङको देउलेख ५ बस्ने बर्ष २८ का जय
बहादुर ढाँट पनि सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनले पल्टिदै गरेको ट्याक्टरबाट
हाम फालेर ज्यान जोगाएका हुन् । उक्त ट्याक्टरमा चालकसहित तीन जना सवार रहेको जनाईएको छ । ट्याक्टर सडकबाट
एक सय १९ फिट तल खसेको प्रहरीले जनाएको छ
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

