ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । आज मध्यान्नतिर से १ त ८९०८ नम्बरको ट्याक्टर अमरगढी नगरपालिका ११ धनघाट–कोटेली सडकखण्डको धनघाट नजिकै दुर्घटनामा परेको हो ।
छड् बोकेको उक्त ट्याक्टर दुर्घटनामा परि बझाङको देउलेख ४ का २४ बर्षका सुरेश बहादुर बोहराको ज्यान गएको हो ।
ट्याक्टरका चालक धनगढी उपमहानगरपालिका २ बस्ने ओमबिक्रम अधिकारी भने गम्भिर घाईते भएका छन् ।
उनको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ ट्याक्टरमै सवार बझाङको देउलेख ५ बस्ने बर्ष २८ का जय
बहादुर ढाँट पनि सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनले पल्टिदै गरेको ट्याक्टरबाट
हाम फालेर ज्यान जोगाएका हुन् । उक्त ट्याक्टरमा चालकसहित तीन जना सवार रहेको जनाईएको छ । ट्याक्टर सडकबाट