मेड नेपालले ल्याएको जिवन स्तरमा परिवर्तन उखु बाली छाडेर केरा खेतमा अग्रसर किसानहरु
सो संकलन केन्द्रको स्थापना बाट अब क्षेत्र मा उत्पादन भएको कृर्षी जन्य बस्तुलाई वाहीर बजारहरुमा पु¥याउन निकै सजिलो भएको छ । जसका कारण ग्रामीण क्षेत्रका किसानहरु थप उत्साही भएको स्थानिय किसान पद्मा बस्यालको भनाई छ । नवलपरासीको ग्रामीण क्षेत्रमा पर्ने जुन उखु खेतीकालागी पकेट क्षेत्र मानिने गरिन्थ्यो । अहिले बिशेष गरी अहिले प्रतापपुर , कुडिया , त्रिबेणी सुस्ता , नर्सही र पक्लीहवा क्षेत्र यतिबेला केराका लागी पकेट क्षेत्र बन्न सफल भएको छ । यस क्षेत्रबाट बार्षीक रुपमा करिब चार करोड बराबरको केरा नेपाली बजारहरुमा निर्यात हुने गर्दछ । भने करिब पांच करोड बराबरको तरकारी नेपाली बजारहरुमा निर्यात हुने गरेको अनुमान छ । यसरी उखुखेती छाडी बैकल्पीक रुपमा केरा तथा तरकारी खेती तर्फ आकर्षीत भएका किसानहरुलाई पनि सरकारी क्षेत्रबाट पनि सहयोग गर्दै आएको जिल्ला कृर्षी विकास कार्यालय नवलपरासीले जनाएको छ । किसानहरुलाई उन्नतजातका बिउबिजन , प्राविधीक र कृर्षी मेसीन औजार तथा यान्त्रिक प्रविधीयुक्त कृर्षी उपकरणहरु उपलब्ध गराउदै आएको जिल्ला कृर्षी बिकास कार्यालयका बरिष्ठ कृर्षी बिकास अधिकृत तेजनारायण गैरेको भनाई छ । केरा खेतीकालागी नवलपरासी उर्भर भुमी मानिन्छ । बिशेष गरी जिल्लाको कावासोती , शिबमन्दिर ,चोरमारा, प्रसौनी , पक्लीहवा , बौदौली , कुडिया ,लगाएतका क्षेत्रका ब्यवसायीक केरा खेती हुदै आएको छ ।
तपाईको प्रतिक्रिया




