मेड नेपालले ल्याएको जिवन स्तरमा परिवर्तन उखु बाली छाडेर केरा खेतमा अग्रसर किसानहरु
मेड नेपालले ल्याएको जिवन स्तरमा परिवर्तन उखु बाली छाडेर केरा खेतमा अग्रसर किसानहरु

सो संकलन केन्द्रको स्थापना बाट अब क्षेत्र मा उत्पादन भएको कृर्षी जन्य बस्तुलाई वाहीर बजारहरुमा पु¥याउन निकै सजिलो भएको छ । जसका कारण ग्रामीण क्षेत्रका किसानहरु थप उत्साही भएको स्थानिय किसान पद्मा बस्यालको भनाई छ । नवलपरासीको ग्रामीण क्षेत्रमा पर्ने जुन उखु खेतीकालागी पकेट क्षेत्र मानिने गरिन्थ्यो । अहिले बिशेष गरी अहिले प्रतापपुर , कुडिया , त्रिबेणी सुस्ता , नर्सही र पक्लीहवा क्षेत्र यतिबेला केराका लागी पकेट क्षेत्र बन्न सफल भएको छ । यस क्षेत्रबाट बार्षीक रुपमा करिब चार करोड बराबरको केरा नेपाली बजारहरुमा निर्यात हुने गर्दछ । भने करिब पांच करोड बराबरको तरकारी नेपाली बजारहरुमा निर्यात हुने गरेको अनुमान छ । यसरी उखुखेती छाडी बैकल्पीक रुपमा केरा तथा तरकारी खेती तर्फ आकर्षीत भएका किसानहरुलाई पनि सरकारी क्षेत्रबाट पनि सहयोग गर्दै आएको जिल्ला कृर्षी विकास कार्यालय नवलपरासीले जनाएको छ । किसानहरुलाई उन्नतजातका बिउबिजन , प्राविधीक र कृर्षी मेसीन औजार तथा यान्त्रिक प्रविधीयुक्त कृर्षी उपकरणहरु उपलब्ध गराउदै आएको जिल्ला कृर्षी बिकास कार्यालयका बरिष्ठ कृर्षी बिकास अधिकृत तेजनारायण गैरेको भनाई छ । केरा खेतीकालागी नवलपरासी उर्भर भुमी मानिन्छ । बिशेष गरी जिल्लाको कावासोती , शिबमन्दिर ,चोरमारा, प्रसौनी , पक्लीहवा , बौदौली , कुडिया ,लगाएतका क्षेत्रका ब्यवसायीक केरा खेती हुदै आएको छ ।
तपाईको प्रतिक्रिया







