Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

चोरी गर्दै हिड्ने लाइ प्रहरीले यसरी समात्यो

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७३, चैत्र, १४
चोरी गर्दै हिड्ने लाइ प्रहरीले यसरी समात्यो

काठमाडौं,  चैत
चोरी कार्यमा संलग्न रहेका काभ्रे, पनौती–८ बस्ने २८ वर्षीय रुमन तामाङ र काठमाडौं महानगरपालिका–१९ ढोकाटोल बस्ने २५ वर्षीय सिनियन तामाङलाई बा.८१ प ३४७५ नम्बरको स्कुटी र नगद २१ हजार ६ सय १० रुपैयाँ सहित काठमाडौं महानगरपालिका–३५ कोटेश्वरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुले भाडाका सवारी साधनमा चढी यात्रुहरुको साथमा रहेको मोवाइल र नगद चोरी गर्ने गरेको खुल्न आएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–१० बानेश्वर चोकमा काठमाडौं महानगरपालिका–३५ पेप्सीकोला बस्ने २६ वर्षीया उशिता उप्रेतीले झोलामा बोकेको सामसुङ्ग मोवाइल चोरी भाग्दै गरेको अवस्थामा टंक तामाङलाई स्थानियको सहयोगमा आइतबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स