कैलालीमा गहुँ उत्पादन बड्यो
जानकारी केन्द्र
२०७३, चैत्र, १५
विष्णु जोशि
कैलालीमा यसबर्ष ५ प्रतिशत अर्थात ५ हजार ८ सय ६५ मेट्रिक टनले गहँु उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय कैलालीले अनुमान गरेको छ । गत वर्ष १ लाख १४ हजार ८ सय ८५ मेट्रिकटन गहु उत्पादन भएकोमा यस वर्ष १ लाख २० हजार ७ सय ५० मेट्रिकटन गहु उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले बताएका छन् ।
कैलाली जिल्लामा ३४ हजार ५ सय हेक्टर जमिनमा गहु खेती गरिदै आएको छ । यस बर्ष मौसमले साथ दिएका कारण गहु उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो । त्यस्तै, गत वर्ष भारतीय नाकाबन्दीका कारण समयमै किसानले मल तथा पेट्रोल नपाउनु, असिनापानी पर्नुे, तातो हावा चलेका कारण गहु उत्पादनमा कमि आएको तर, यो वर्ष भने मौसमले साथ दिएका कारण गहु उत्पादनमा ५ प्रतिशतले बृद्धि हुने पोण्डेयले बताएका छन् । कैलालीले समग्र देशमा गहु उत्पादनमा ३ देखि ५ प्रतिशत हिस्सा ओगट्ने गरेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

