भारतमा अज्ञात समुहको अाक्रमणमा परि घाइते भएका एक नेपालीको अवश्था अझै गम्भिर
विष्णु जोशी/ अन्तराषट्रिय व्युरो
अग्यात समुह को आक्रमण मा परि भारत को वेगँलुर मा एक नेपालि कामदार गम्भिर घाईते भएको १ साता विति सक्दा पनि अवसथा दिन प्रति दिन नाजुक वन्दै गएको छ । घाईते हुनु भएका वझांग जिल्ला जयपृथिवी नगरपालिका वार्ड ऩ १० विउराडि निवासि दिपक राज उपाध्याय लाई अहिले कर्नाटक को एक हस्पिटल माआई सियु मा राखिएको छ ।
गएको एक हप्ता अघाडि उपाध्यया माथि अग्यात समुह ले ढुगां मुडा गरेका कारण गम्भिर चोट लीगेको थियो । कर्नाटक पुलिस लाई घटना वारे जानकारि गराए पनि कुनै चासो देखाएको छैन । पहिले त मान्छे चिन्न र वोल्न सकदैन्थे हिजो देखि अलि कति वोल्दै छन पिडित का कुरुवा वसेका निज का दाई नाता पर्ने राजेन्द्र उपाध्याय ले भन्नु भयो धेरै ठाउ लगि सक्यौ यो अस्पताल मा ४ दिन भो अझै कुनै रिपोर्ट आएको छैन।
अहिले सम्म डेढ लाख रुपैया खर्च भै सकेको छ उपाध्याय को टाउको मा गम्भिर चोट लागि १४ओटा टाँका लागेको छ । घटना घटे लगत्तै पुगेका आफन्त को सहयोग मा उनलाई अस्पताल लगिएको थियो ।अहिले ऩिज को वेगंलुर स्थित एक हस्पिटल मा उपचार भै ऱहेको छ । घाईते उपाध्याय को नाक र मुख वाट अझैपनि रगत बगिरहेको उनका आफन्त ले जानकारि दिएका छन । घाईते उपाध्याय विगत लामो समय देखि वेगलुर को के,वि,एम,रोड मा एक कम्पलेक्स मा कार्यरत नेपालि हुन