पार्टि प्रवेशले गाँउनै कांग्रेसमय बन्यो
जानकारी केन्द्र
२०७३, चैत्र, १८
रबिन्द्र यादव/नवलपरासी
स्थानीय तहको निर्वाचन नजिक्दै जादा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहरनै चलेको छ । चुनावलाई मध्यनजर गरी नेपाली कांग्रेस नवलपरासीद्धारा सञ्चालन भएका कांग्रेस जागरण अभियानको क्रममा ठुलो जमातमा सर्वसाधरणहरु स्वतस्फुर्त नेपाली कांग्रेसमा प्रवेश गरेको पाईएको छ ।
भौगोलिक बनौटले तिन तल्ले जिल्ला मानिएको नवलपरासीमा यो लहर सिमावर्ति मधेस क्षेत्र , भित्री मधेर र पहाड क्षेत्रमा बिभिन्न गाँउ टोलहरु कांग्रेसमय बन्दै गएका छन् । यसै क्रममा आज बर्दघाट नगरपालीका वडा नम्बर २, साविकको धुर्काेट गाविसका आमबास र बांसखोलाका अधिकांसले कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका नेता एवं नवलपरासी क्षेत्र नम्बर ५ का सांसद बिक्रम खनालको आतिथ्यमा भएको उक्त कार्यक्रममा बिभिन्न पार्टि परित्याग गरि २ सय भन्दा बढि जना सर्वसाधरणले कांग्रेसमा प्रवेश गरेको नेता खनालले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नेता खनालले नेपालको तराई मधेस , पहाड र हिमाली सबै क्षेत्रका जनतालाई मिलाएर देशको निकास र बिकास कांग्रेसले मात्र गर्न सक्ने जिकिर गर्नु भयो । कांग्रेसमा प्रवेश गरेकालाई बधाई दिदै नेता खनालले नेपाली कांग्रेस हरेकपल जनताको साथमा रहेको बताउनु भयो ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

