Jankari Kendra
२८ आश्विन २०८३, बुधबार

डोटिमा जिप दुर्घटना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, चैत्र, १८
डोटिमा जिप दुर्घटना

विष्णु जोशि

डोटीको पूर्विचौकि गाउँपालिकाको खिरसैन फुलौटमा पोखरीबाट सिलगढी तर्फ आईरहेको ना १ ज ३०६३ नम्बरको शैलेस्वरी यातायातको जिप दुर्घटना हुँदा दुई महिला गम्भिर घाईते भएका छन् ।

घाईते हुनेहरुमा पोखरी ७ कि २२ वर्षिय मौरी कुमारी विक र कडालगाउँ निबासी १५ वर्षिया जानकी ऐर रहेको स्थानीय डम्बर खड्काले जानकारी दिएका छन् । मौरी कुमारी विकको टाउँकोमा चोट लागेको र जानकी ऐरको ढाडमा गम्भीर चोट लागेको जिल्ला अस्पताल डोटीका डाक्टर ग्रीष अबस्थीले बताएका छन् ।

उनीहरुलाई थपउपचारका लागि नेपालगंञ्ज मेडिकल कलेज रेफर गरेको डाक्टर अवस्थीले बताएका छन् । गाडीको ब्रेकफेल भएपछि अनियन्त्रित भई दुर्घटनामा परेको सानागाउ प्रहरीचौकीका हवल्दार बिरेन्द्र बहादुर सिंहले बताएका छन् । जिप सडक वाट ३००फिट तल खसेको थियो!

Top Changing Nepal

युट्युब सट्स