लागूअाैषध दुर्व्यशनी न्युनिकरण सम्बन्धि अन्तरक्रिया सम्पन्न , सम्बन्धित निकाय गम्भिर नबनेको अारोप
जानकारी केन्द्र
२०७३, चैत्र, १९
सकारात्मक विकास संचार केन्द्रको अायोजना तथा एक्सन फर सोसल चेञ्जको सहकार्यमा “लागूअाैषध दुर्व्यशनी न्युनिकरणमा युवाको भुमिका” विषयक अन्तरक्रिया अाज एक कार्यक्रम बिच काठमान्डाै त्रिपुरेश्वर स्थित राष्ट्रिय युवा परिषद् मा सम्पन्न भएको छ । कार्यक्रमा सकारात्मक विकास संचार केन्द्रका अध्यक्ष भिम लामा एक्सन फर सोसल चेञ्जका संश्थापक संरक्षक लालबहादुर महर्जन तथा अध्यक्ष बिनय बस्नेत , ट्रान्सफरमेशन नेपाल सुधार गृहका सन्तोष घिमिरे युवा अधिकार कर्मि तथा फोकस नेपालका सचिव कविन्द्र ब्रुलाकोटी ले अाफ्ना भनाइहरू राख्नु भएको थियो । अन्तरक्रिया कार्यक्रमा युवा युवतिको अकल्पनिय उपश्थिति रहेको थियो कार्यक्रम संचालन गर्ने हलमा सहभागिहुने हरू नअटाए पछि कोहि हल भित्रै उभिए र त केहि हल बाहिर बाटै कार्यक्रम सुनेर वस्नु पर्ने परिश्थिति अाएको थियो ।
कार्यक्रका प्रमुख अतिथि लागू अाैषध नियन्त्रण व्युरो प्रमुख धिरू बस्नेतले अन्तिम समयमा अाएर कार्यक्रममा उपश्थित हुन नसक्ने जानकारी दिए पछि संम्बन्धित निकायले नै यस्ता कार्यक्रमको बेवाश्था गरिदिनाले केहि संघ संश्थाको चेतना मुलक कार्यक्रमले मात्र दिर्घकालिन रूपमा लागूअाैषध तथा दुर्व्यशन नियन्त्रण गर्न कठिन हुन सक्ने भन्दै अन्तरक्रिया अायोजक पक्षले गुनासो व्यत्त गरेका छन ।
कार्यक्रममा बोल्ने क्रममा बेवारिसे व्यवश्थापन तथा पुनर्जिवन केन्द्र एक्सन फर सोसल चेञ्जका अध्यक्ष विनय बस्नेतले अाफु पनि पहिले कुलतमा फसेको र पछि सुध्रिएर समाजमा पुनर्स्थपना भएर सामाजिक कार्यमा लाग्दाका अाफ्ना अनुभवहरू बताएका थिए । उनि अाफ्ना अनुभव सुनाउने क्रममा बिगत सम्झिएर निकै भावुक समेत भएका थिए । उनको अाफ्नै बास्तविक घटनामा अाधारित नदेखिएका अाशुहरू नामक डकुमेन्ट्रिले दुर्व्यशनिको कारण समस्या र सामधान को प्रतिनिधित्व गरेको ले यो डकुमेन्ट्रि बजारमा ल्याउन लागिएको तथा बेलैमा सचेत रहन सबैले एक पटक हेर्नै पर्ने बताए र यस्तै युवा अधिकार कर्मि तथा फोकस नेपालका सचिव कविन्द्र ब्रुलाकोटीले युवाको पक्षमा अाफुले निकै लामो समय देखि लड्दै अाए पनि निहित राजनितिक स्वार्थका कारण युवाका समस्या दिगो रूपमा सामधानहुन नसके कै कारणले समाजमा बिभिन्न प्रकारका विकृतिहरू देखा पर्ने गरेका जस मध्ये लागूअाैषध तथा दुर्व्यशन सम्बन्धि समस्याले समाजलाइ कता तिर लादैछ भन्ने कुरा बेलैमा मनन गर्नु पर्ने बताए ।
यस्तै ट्रान्सफरमेशन नेपाल सुधार गृहका सन्तोष घिमिरेले लागु अाैषध नियन्त्रण सम्बन्धि अाफ्नो १२ वर्ष लामो अनुभव सेयर गरे भने लागूअाैषध तथा दुर्व्यशनको कारण र सामधानका बारेमा प्रष्ट पारेका थिए । यस्तै गरेर एक्सन फर सोसल चेञ्जका संश्थापक संरक्षक लालबहादुर महर्जनले अाफु समाज सेवा देखाउन नगर्ने बताउदै अाफु मात्रै सुध्रिएर समाज सुध्रिएको नठानि सबै सुध्रिए मात्र सभ्य समाज बन्ने भएकोले समाजको समारात्क परिवर्तनको लागि सबैलाइ एक जुट हुन अाग्रह समेत गरे ।
सहभागिहरूको जिज्ञासा लाइ एक्सन फर सोसल चेञ्जका अध्यक्ष बिनय बस्नेत , ट्रान्सफरमेशन नेपाल सुधार गृहका सन्तोष घिमिरे युवा अधिकार कर्मि तथा फोकस नेपालका सचिव कविन्द्र ब्रुलाकोटी ले प्रष्ट पारेका थिए
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ



