समाजमा सकारात्मक परिवर्तनको लागि जस्तोसुकै सहयोग गर्न तत्पर रहने समाजसेवि तथा राजनितिज्ञ लाल बहादुर महर्जनले माहालक्ष्मि नगरपालिकामा अाफ्नो उमेद्वारी पक्का भएको बताएका छन । उनै समाज सेवि तथा राजनितिज्ञ लालबहादुर महर्जन लाइ हामीले संपर्क गरि तपाइको उमेद्वारि किन ? भनेर प्रष्न गरेका थियाैं उनले जवाफमा भने ” यो उमेद्वरी दिने तयारी मेरो रहर हैन बाध्यता भएर अायो मलाइ कुनै पद सँग लोभ छैन तर महत्वपुर्ण समयमा हुनै पर्ने काम पनि नहुने देखिएको ले उमेद्वारी दिनै पर्ने निर्णय सम्म गर्नु पर्यो ।
उनले थप प्रष्ट पार्दै भने “मेरो उमेद्वारीको घोषणाले सबै पक्षका मेरा शुभ चिन्तकहरूले मेरो बचन लाइ खेर जान नदिने प्रतिवद्धता व्यत्त गर्ने लहर तिव्ररूपमा बड्दै अाएकोले मलाइ थप हाैसला मिलेको छ भने म यो १९ वर्ष पछि हुन लागेको चुनावमा भाग लिदैं गर्दा मेरो मात्र नभएर सम्पुर्ण बिकास प्रेमि इमान्दार र समाज प्रति बफादार नागरीकले विजय उत्सव मनाइ रहेको झल्को अाउने गरेको छ । किनकि मेरो उमेद्वरीमा जन लहर यति उत्साहित छ त्यो मैले भन्नै पर्दैन छर्लङ्गै देख्नु हुन्छ । यहाँ कुनै दल वा पक्ष विषेश भन्ने देखिएको छैन यहाँ त बिकास प्रेमि इमान्दार र समाज प्रति बफादारको मुल्याङ्कन भइरहेको छ । म हिजो पनि त्यहि इमान्दारीताले टिकेको भोलि पनि मेरो इमान्दारीता टिकाउनु छ । त्यसैले म भनेर भन्दा पनि गरेर देखाउने पक्षमा छु र म प्रति विश्वास गर्नेहरूको विश्वसलाइ खेर जान दिने छैन मेरो उमेद्वारी घोषणा पश्चात मेरो विपक्षमा उमेद्वारी दिन सोच बनाएकाहरूको समेत म प्रतिको जनलहरले खुट्टा कामि सकेको छ त्यसैले जित निश्चित छ र यो जित बिकास प्रेमि इमान्दार र समाज प्रति बफादारको हुनेछ ।”
उनि संग महालक्ष्मि नगरमपालिका वडा नं ९ को संयोजक भएर काम गरेको अनुभव समेत छ । समाजसेवि लाल बहादुर महर्जन वेवारिसे व्यवश्थापन गर्ने संश्था एक्शन फर सोसल चेञ्जका संश्थापक संरक्षक हुन भने उनले निर्माण सम्बन्धि व्यवशाय संचालन गरेका छन । उनि अाफ्नो व्यवशाय संगै समाजका जुनसुकै समस्याको सामधान गर्न जस्तो सुकै सहयोग गर्न पनि पछि पर्दैनन । उनले नेपालि काँग्रेस पार्टिमा अावद्द भएर अाफ्नो राजनितिक यात्रा लाइ पनि संगै लिएर अाएका छन ।