मस्जिदमा तोडफोड सहित ताला बन्दी गरिएकोमा सर्वत्र बिरोध
जानकारी केन्द्र
२०७३, चैत्र, २९
रबिन्द्र यादव/ नवलपरासी , २९ चैत ।
हजारौ धार्मिक अनुयायीहरुको आस्थाको केन्द्र बनेको नवलपरासीको सरावलमा अवस्थीत धार्मिक मस्जिदमा तोडफोड सहित ताला बन्दी गरिएकोमा सर्वत्र बिरोध भएको छ । जिल्लाको सरावल गाउपालीका अवस्थीत धार्मिक मस्जिदमा केही व्यक्तिहरुले तोडफोड गरी ताला लगाईएको प्रति मूस्लीम समुदायका अगुवाहरुले चिन्ता प्रकट गरेका हुन् ।
एक समुहले सो मस्जिदलाई तोडफोड गरी सामाजीक सद्भाव खल्वलाउने खालका गतिविधीहरु गरी केही मुस्लीम अगुवाईमा माथी हातपात भएको घटना प्रति सर्वत्र बिरोध भएको हो । मस्जिद भत्काउन खोजीएपछि सो बिवाद भएको थियो । सो मस्जिद निमार्ण भएको साविक पुसौली गाउ पञचालयत वार्ड न. ६ कित्ता न. ७८ को ५ धुर जग्गा मुमताज धुनीयाको नाउÒमा दर्ता रहेता पनि धुनियाले मस्लके आला हजरत समितीको नाउÒमा बिगत ३५ बर्ष अगाबै मस्जिद बनाउन भनि दान गरेको जग्गा हो । यसैबिच मुस्लीम अगुवाहरुले सो घटनाको बिषयलाई लिएर आज नवलपरासीमा स्थानिय प्रशासनको समेत ध्यानआकर्षण गराएका छन् ।
आला हजरत फाउण्डेसन नवलपरासीका सयोजक काशिद अलिको नेतृत्वमा गएको अगुवाहरुको टोलीले यस बारे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको थियो । टोलीले एउटा धार्मिक मस्जिदमा केही व्यक्तिहरुले तोडफोड गरी ताला लगाईएको प्रति सर्वत्र बिरोध भएको जनाउदै अस तत्काल बार्ता र सम्बाद मार्फत समस्या समाधान गर्न प्रशासन समक्ष आग्रह गरेको छ ।
टोलीका अगुवा अलिले तत्काल सो समस्या समाधान नभए नवलपरासीका सबै मुस्लीम समुदाय थप शशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । टोलीले स्थानिय प्रशासन सग जनताको सामाजीक र धार्मिक अधिकारको ग्यारेण्टी सहीत सो धार्मिक मस्जिद र समस्त मुस्लीम समुदायको सुरक्षाको माग समेत गरेको छ ।
सो क्रममा प्रमुख जिल्ला अधिकारी उदय वहादुर रानाले सो घटनाको समस्या समाधान गर्नु आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । जिल्ला प्रशासन पुग्न अगाबै जिल्लाका बिभिन्न स्थानबाट सहभागी सयौÒ मुस्लीम अगुवाहरुले सो घटनाका दोषीलाई कारवाही सहित सबै समुदायर मिलेर बस्ने बातावरण सृजना गर्न सरकारसÒग माग गर्दै परासीमा प्रर्दशन गरेका थिए । सो मस्जिदमा हाल मुस्लीम समुदायहरु पुजापाठ र नमाज पढ्न सहभागी बन्दै आएका छन् । नवलपरासीमा करिब ५० वटा भन्दा बढी धार्मिक मस्जिद रहेका छन्

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

