Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

७१ वर्षीय एकल महिलाको विबत्स हत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, चैत्र, ३०
७१ वर्षीय एकल महिलाको विबत्स हत्या

विष्णु जोशि/चैत २९

बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाईमाकी ७१ वर्षय एकल महिला हंसादेवि उपाध्यायको हत्या भएको छ ।

उपाध्यायको शव सोमबार राति घरभित्र मुखका पट्टी र डोरीले हात खुट्टा बाँधेको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । उहाँको केही दिनअघि नै हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

गाई कराउन थालेपछि छिमेकीले खोजी गर्दा उहाँ मृत अवस्थामा घर भित्रै देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यलयले जनकारी दिएको छ । २०२४ सालमा उहाँका श्रीमानको निधन भएको थियो । उहाँका छोराछोरी थिएनन् । हत्यामा संलग्नले उहाँले नाकमा लगाएको सुनको गहना समेत लगेको प्रहरी जनाएको छ । घटनाबारे अनुसन्धान र हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स