• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का
  • ९ घण्टा 

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador
  • ९ घण्टा 

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • १२ घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • १३ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • १४ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • १५ घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • १६ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुला , सर्वसाधारणका लागि कति ?

  • २. सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक

  • ३. इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

  • ४. एलजीको नयाँ वर्ष अभियान “डिजाइन योर ड्रीम होम” सार्वजनिक: ४१ प्रतिशतसम्म छुट साथै पक्का उपहारहरु

  • ५. फोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता

  • ६. अप्रिल महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ७. नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

  • ८. चर्को घाममा छालालाइ यसरी सुरक्षित राख्न सकिन्छ

  • ९. आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

  • १०. आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

आइजीपी नियुक्तिमा सरकारको षडयन्त्र छताछुल्ल

admin २०७३, चैत्र, ३०

काठमाडौं, ३० चैत । सरकारले डीआइजी प्रकाश अर्याललाई आइजीपीमा नियुक्ति गर्नका लागि कार्यसम्पादन नम्बर नै कीर्ते गरी थपघट गरेको खुलासा भएको छ । गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले पठाएको कार्यसम्पादन नम्बरका आधारमा सर्वोच्च अदालतले गएको चैत ८ गतेको फैसलामा डीआइजी नवराज सिलवालको बढी देखाएको थियो । तर सरकारले प्रहरी नियमावलीअनुसार ३ बर्षको नम्बरका आधारमा प्रकाश अर्यालको बढी देखाएर उनलाई आइजीपी बनाएको छ । रातारात डीआइजी सिलवालको २ नम्बर घटाई अर्यालको बढी देखाएर बढुवा गरिएको छ । पहिला अदालतमा पेश गरेको कार्यसम्पादन नम्बरका अक्षर नै फरक भएकाले कीर्ते गरिएको कुरा पुष्टी भएको छ । तीन बर्षको कार्यसम्पादन मूल्यांकनमा डीआइजी नवराज सिलवाल र प्रकाश अर्यालको बराबरी थियो ।  गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मी, पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल, मानवस्रोत विभागका पूर्वएआइजी वीरेन्द्रबाबु श्रेष्ठ, प्रहरीको कर्मचारी प्रशासन शाखाका एसपी विश्वराज पोखरेलले कीर्ते गरी सिलवालको २ नम्बर घटी बनाएर प्रकाश अर्याललाई आइजीपी बनाउने भूमिका खेलेका छन् । कार्यसम्पादन नम्बर थपघट गरी बढुवा गरिएपछि डीआइजी सिलवाल फेरि न्यायालयको शरणमा पुगेका छन् ।

उनले मंगलबारै आइजीपीमा अर्यालको नियुक्ति बदर र अदालतको मानहानीमा अदालतमा रिट दायर गरेका छन् । सरकारी छाप दस्तखत कीर्तेमा उपेन्द्रकान्तदेखि वीरेन्द्रबाबुसम्म पर्ने भएका छन् । कार्यसम्पादन मूल्यांकनमा कसको कति ? आर्थिक बर्ष २०६९-०७० मा पूर्णांक १५० मा सिलवालले १४८ र अर्यालले १४७  नम्बर पाएका थिए । २०७०-०७१ मा ४० पूर्णांकमा सिलवाल र अर्यालले ३६-३६ नम्बर पाएका थिए । २०७१-०७२ मा ४० पूर्णांकमा सिलवाल र अर्यालको ३९-३९ थियो । २०७२-०७३ मा ४० पुर्णांकमा दुवैले ४०-४० नै पाएका छन् । त्यसका अतिरिक्त २०७२-०७३ मा डीआइजी सिलवालले विभूषण  सुप्रवल जनसेवाश्री पाएका छन् । जसको प्रहरी नियमावली अनुसार २ नम्बर जोडिन्छ । प्रहरी ऐन अनुसार २०६९-०७० को नम्बर नजोडिंदा पनि तीन आर्थिक बर्षमा सिलवाल र अर्यालले बराबर नम्बर पाएको देखिन्छ । विभूषणको थप २ नम्बर जोड्दा सिलवालको २ नम्बर स्पष्ट देखिन्छ । सरकारले अदालतलाई पठाएको कार्यसम्पादन नम्बर यही अनुसार छ । र, यही नम्बरका आधारमा अदालतले फैसला गरेको देखिन्छ । पहिलाको र पछिको हस्ताक्षर र अक्षर नै फरक  रातारात अदालतको फैसलापछि कार्यसम्पादन नम्बरको फाइल हेरफेर गर्ने क्रममा पहिलाको कार्यसम्पादन नम्बरको फाइलको अक्षर र नम्बर दिने अधिकारीको हस्ताक्षर नै फरक फरक भएबाट नै पुष्टी भएको छ । यसले पनि कीर्ते गरेको कुरालाई पुष्टी गरेको छ । पहिलेको कार्यसम्पादन नम्बर दिएको पत्रको अक्षर नै फरक रहेको छ । कीर्ते गरिएको कासमु नम्बरको अक्षर युनिकोडमा छ भने सक्कली अन्य अक्षर (फन्ट)मा छ ।

कीर्ते गरिएको फाइलको अक्षरमा ‘प्राप्ताङ्क’ उल्लेख छ भने पहिलाको कासमुमा प्राप्ताङ्क अङ्क लेखिएको छ । प्रहरी महानिरीक्षकको हस्ताक्षर नै फरक छ । सुपरीवेक्षकको मूल्यांकनमा पहिलेको २० मा ‘बीस’ लेखिएको छ भने पछिको ‘बिस’ लेखिएको छ । बढी अंक प्रदान गर्दा स्पष्ट रुपमा आधार र कारण खुलाइएको छ बीसमा । तर १८ मा सुपरीवेक्षकले मात्र आधार र कारणसहित दस्तखत गरेका छन् । यसरी अदालतको आदेश विपरीत आइजीपी बनाउन नम्बर थपघट गर्दा गृह सचिव लोकदर्शन रेग्मीदेखि पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल, एआइजी वीरेन्द्रबाबु श्रेष्ठ, एसपी विश्वराज बपोखरेलको कर्तुत उदांगिएको छ । पहिलाको र २०७३ चैत ८ पछिको हस्ताक्षर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)मा परीक्षण गर्नुपर्ने अवस्था सृजना भएको छ । सरकारले न्यायालयमा पठाएको सक्कल कार्यसम्पादन नम्बरको फाइल झिकाएर कीर्ते गरी नम्बर थपघट गरी अदालतलाई गलत सावित गर्न खोजेको पहिलाको र पछिको फाइलमा भएका अक्षर र  हस्ताक्षर नै फरक भएकाले पुष्टी भएको छ । जुन न्यायालयको सोझै अवहेलना हो ।

पूर्वआइजीपी उपेन्द्रकान्त अर्यालदेखि एआइजी वीरेन्द्रबाबु श्रेष्ठसम्मले सर्वोच्चको २०७३ चैत ८ को फैसलापछि कासमुमा सही गरेको नाष्टमा लगी हस्ताक्षर प्रमाणित गर्ने हो भने खुलासा हुने प्रहरी स्रोतले बताएको छ । अपराधीले अपराध गर्दा कुनै न कुनै दसी प्रमाण छोड्छ भनेझैं सरकारले पनि अदालतको फैसलापछि कासमुको नम्बर परिवर्तन गर्दा दसी प्रमाण छाडेको छ । लोकसेवा आयोगमा कार्यसम्पादन नम्बर पठाउनैपर्ने नियम समेत पालना नगरिएको खुलेको छ । गृह र प्रहरी प्रधान कार्यालयले सर्वोच्च अदालतमा पठाएको कार्यसम्पादन नम्बरको सक्कल फाइल गृहमन्त्रालयले फिर्ता ल्याएर नम्बर थपघट गरेको पुष्टी भइसकेको अवस्थामा अदालतले यसलाई कुन रुपमा लिन्छ भन्ने कौतहुलता प्रहरी संगठनमा छ । तीन बर्षको नम्बर जोड्दा पनि डीआइजी सिलवाल र अर्यालको बराबरी थियो । तर रातारात डीआइजी सिलवालको २ नम्बर घटाई अर्यालको बढी देखाएर त्यसमा पूर्वआइजीपीले सही गरी षडयन्त्रमूलक ढंगले अर्याललाई बढुवा गरिएको स्रोतले बताएको छ । यसरी पछि नम्बर थपघट गरी अदालतको आदेश समेत लत्याएर अर्याललाई आइजीपी बनाइएको छ ।  तस्वीरमा पहिलाको कार्यसम्पादन नम्बरको पत्र र अदालतको आदेशपछि तयार गरिएको डीआइजी सिलवालको नम्बर घटाइएको कासमुको पत्र ।

दृष्टि न्यज डटकम  बाट  – See more at: http://www.drishtinews.com/content/igp-scyandal.html#sthash.81yyNFib.dpuf

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

‘ज्ञान मसला’ को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

Gyan Masala has Announces Swastima Khadka as its Brand Ambassador

२०८२ चैत २५ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.