सुदुरमा यसरी मनाइन्छ नयाँ बर्ष
जानकारी केन्द्र
२०७४, बैशाख, १
विषणु जोशी/।
हरेक बर्षको आवागमनको खुसियालीमा नेपालका फरक–फरक स्थानमा फरक फरक तरिकाले नयाँ बर्षलाई मनाए जस्तै सुदूरपश्चिमका सात पहाडी जिल्लामा पनि नयाँ बर्षको रुपमा बिसु पर्ब हर्सोउल्लासका साथ मनाउने गर्दछन् । बिसौको शाब्दीक अर्थ बिष हटाउने भएको पुराना भनीई हरु रहेका छन । हरेक बर्षको बैशाख १ गते मनाईने यस बिसौ पर्बको अहिले जताततै चहलपहल बढेको छ ।
यस पर्बमा बिष भगाउन १ गतेको बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ । यसरी सिस्नो लगाउदा अगिल्लो बर्षमा आफ्नो शरिरमा कुनै पनि बिसाक्त पदार्थ लागेको छ भने त्यसबाट मुक्त भईने र आउने नयाँ बर्षमा जुन सुकै बिशालु जिबहरुबाट बचिन्छ भन्ने धार्मिक मान्यता रहेको छ । बिसौकै दिन डोटीका बिभिन्न स्थानमा बनबाट घँगारु, किरमडा लगायतका लौरो काटेर ल्याउने र त्यसलाई रंग रोगन गरि आकर्षक बनाई प्रत्येकको घरमा बर्षभरि राख्ने गरि बाड्ने चलन रहेको छ ।
दार्चुला मा विहान३वजे देखि चरिभगाउने र लौरो काटनेगरिन्छ जसले गर्दा चरिले वालि नालि नस्ट नगर्ने भनाई रहेको छ जसलाई स्थानिय भाषामा बिस्य लठ्ठी भन्ने गरिन्छ । यस लौरो घरमा भएमा बिशालु जिब तथा सैतानी शक्ति घरभित्र प्रवेश गर्न नसक्ने भन्ने धार्मिक विश्वास रहेको छ । यसै अबसरमा छोरी बहिनीहरु माईती घर आउने , मिठा मिठा परिकार खाने , आफन्त भेटघाट समेत गरि बिशेष महत्वको साथ मनाउने गरिन्छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

