०७ फागुन २०८२, बिहीबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

मैनाको हत्यामा संलग्न महासेनानी र सहसेनानीलाई आजीवन कैद

काठमाडौ ५ बैशाख । सशस्त्र द्वन्द्वकालमा गरिएको गैरन्यायिक हत्याको मुद्दामा जिल्ला अदालत काभ्रेले नेपाली सेनाका महासेनानी र सहसेनानीलाई आजीवन जन्मकैदको फैसला सुनाएकाे छ। द्वन्द्वकालमा काभ्रेको खरेलथोक गाविस–६ स्थित भगवती मावि कक्षा ९ मा अध्ययनरत मैना सुनुवारको हत्यामा संलग्न नेपाली सेना महासेनानी र सहसेनानीलाई आजीवन काराबासको सजाय सुनाइएको हाे। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

जिल्ला अदालत काभ्रेका मोदीनी प्रसाद पौड्यलको इजलासले सुनुवारको गैरन्यायिक हत्याको मुद्दामा संलग्न महासेनानी बबी खत्री, सहसेनानीहरु अमित पुन र सुनिल अधिकारीलाई आजीवन जन्मकैदको फैसला सुनाएको हो।

जिल्ला अदालतका स्रेस्तेदार कृष्णप्रसाद अधिकारीका अनुसार घटनामा संलग्न क्याप्टेन निरञ्जन बस्नेतलाई भने महलको १३ (३) बमोजिम घटनामा आदेश पालनामात्रै गरेको भन्दै अदालतले सफाइ दिएको छ। २०६० साल फागुन ५ गते तत्कालीन शाही सेनाले पाँचखालस्थित तत्कालीन वीरेन्द्र सैनिक शान्ति तालिम केन्द्रमा चर्को यातना दिएर मैनाको हत्या गरेको थियो।

मैना स्कुल जाँदै गर्दा १५ जनाको समूहमा रहेका सुरक्षाकर्मीले ‘विद्रोही माओवादी’ भएको कारण देखाउँदै अपहरणको शैलीमा केन्द्रमा लगेर स्तनमा करेन्ट लगाएर चरम यातना दिएर हत्या गरेको र गोप्य रुपमा तालिम केन्द्रकै जङ्गलमा गाडेको नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको थियो।

मैनाको शव २०६३ चैत ९ गते उत्खनन गर्दा कंकाल फेला परेको थियो । मृतककी आमा देवी सुनारले आफ्नी छोरी हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने जिकीर गर्दै २०६२ कात्तिक २७ जिल्ला प्रहरी कार्यालय काभ्रेमा सैनिक अधिकृतविरुद्ध किटानी जाहेरी दर्ता गर्नु भएको थियो। उक्त जाहेरीमा अनुसन्धान नभएपछि उहाँ सर्वोच्च अदालत पुग्नु भएको थियो। उक्त रिटमा लिखित जवाफ पेस गर्दै सेनाले आफ्नो अदालतबाट दोषीलाई सजाय गरेको सार्वजनिक भएको थियो।

२०६२ भदौ २३ गते सैनिक अदालतले भने द्वन्द्वको समयमा सेनाको कारबाही गर्ने क्रममा मैनाको हत्या भएको भन्दै निष्कर्ष निकालेको थियो। सैनिक अदालतले तत्कालीन महासेनानी खत्री, सेनानीहरु अधिकारी र पुनलाई दोषी ठहर गरी जनही ६ महिना कैद तथा खत्रीलाई ५० हजार जरिवाना, दुई वर्ष कैद तथा एक वर्ष बढुवा रोक्ने तथा अन्य दुई जनालाई २५–२५ हजार रुपैयाँ जरिवाना, एक वर्ष जेल सजाय र १ वर्ष बढुवा रोक्ने फैसला सुनाएको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना
भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु
आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डमा ४७ नेपाली विद्यार्थीको उत्कृष्ट नतिजा

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

एमालेको झण्डा जलाउनेलाई कारबाही नभए रास्वपा विरुद्ध प्रतिवादमा उत्रिने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

कति छन् यसपटकको निर्वाचनमा देशभर मतदानस्थल ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • एमालेको झण्डा जलाउनेलाई कारबाही नभए रास्वपा विरुद्ध प्रतिवादमा उत्रिने नेसनल भोलिन्टियर फोर्सको चेतावनी
  • अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत
  • यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू
  • कति छन् यसपटकको निर्वाचनमा देशभर मतदानस्थल ?
  • नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक,यस्ता छन् १० भिजन

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.