मिस टिन ग्लोब–२०१७ को उपाधि शाहलाई
स्टार वन इन्टरटेनमेन्टले प्रालिले राजधानीमा अयोजना गरेको किशोरीहरुबिचको मिस टिन ग्लोब २०१७ सौन्दर्य प्रतियोगीतामा आस्था शाहले प्रमूख उपाधि चुमेकी छिन्।
पहिलो संस्करणको मिस टिन ग्लोब २०१७ को उपाधी आस्था शाहले जितेकी हुन् । आप्mना २७ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रमूख उपाधि चुमेकी शाहले मिस व्युटिफुल उप उपाधीलाई समेत आफनो बनाएकी छिन्।
राजधानीको जमलस्थित राष्टिय नाचघरमा सम्पन्न प्रतियोगितामा सुवर्णा सिंखडा फष्ट रनर्स अपका साथै मिस ट्यालेन्ट र मस्ट फोटोेजेनिक, रेशिमा थापा सेकेण्ड रनर्सअपका साथै फेशन आइकन, पुजा आचार्य थर्ड रनर्सअपका साथै युथ विथ रेस्पोन्सिबिलिटी तथा सजिता दाहाल फोर्थ रनर्स अपका साथै मस्ट आइकोनिक आइज उपउपाधिको विजेता भएका छन्।
संगीत र नृत्यजस्ता विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा दिपिका खड्का मस्ट पपुलर , व्युटि विथ पर्पस र बेष्ट पर्सनालिटी, जेमिना घिसिङ फेसबुक च्वाइस, वेस्ट स्पिच र मिस क्याटवक, सिमा लामा सोसियली रेस्पोन्सिबल, कृष्टिना सापकोटा भ्युवर्स च्वाइस, रुसाली अधिकारी बेस्ट स्माइल, सलिना मर्हजन वेस्ट हेयर, वर्षा कोइराला बेस्ट स्कीन, समिता तामाङ बेस्ट डिसिप्लीन, अस्मिता दंगाल वेस्ट फिजिक, संरचना विश्वकर्मा मस्ट फिटनेस, सुनिता थापा मगर मस्ट फ्रेण्डली, कञ्चन मगर मिस कन्जिनियालिटी, सञ्चली प्रधान मस्ट चार्मिङ, प्रसस्ना श्रेष्ठ मस्ट एक्टिभ तथा अनिषा स्थापित र पासाङ ल्यामु शेर्पाले म्यानेजमेन्ट च्वाईस जितेका छन् ।
त्यसैगरी आयुष्मा महर्जन मस्ट पर्फेक्ट, जेमिना घिसिङ मस्ट डिजर्भिङ, शर्मिला तामाङ सोशल वेलफेयर एम्वेस्डर, नुजा कार्की मस्ट पोजेटिभ एटिच्युड, मिङ ह्याल्मो बेस्ट सिंगर, श्रुति महर्जन बेस्ट डान्स र स्वस्ती दंगाल मस्ट क्रिएटिभ भएका छन्।
करिव तिन घण्टा सम्म चलेको उक्त सौन्दर्य प्रतियोगीताको कोरियोग्राफि अश्विनि झाले गरेका थिए भने कार्यक्रमको निर्णायक मण्डलमा गायक आनन्द कार्की, नायक आयृष रिजाल, पत्रकार श्याम अर्याल, व्यांकर अनिता प्रधान, शिक्षाविदद्धय सुदन डोटेल र पुर्ण लामा तथा संगीतकार सरोज प्याकुरेल रहेका थिए।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
