• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
  • ६ घण्टा 

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • २० घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • २१ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • २२ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • २३ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १ दिन 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

बैशाख ३१ चुनाव नहुने , प्रधानमन्त्रीले सिफारिश गरे नयाँ मिति, एमाले असहमत

admin २०७४, बैशाख, ९

काठमाडौं, ९ बैशाख । संविधान संशोधन प्रस्तावमाथि सरकारले परिमार्जनसहित मोर्चाले अघि सारेका माँगहरु समावेश गर्ने भएपछि मधेशी मोर्चापनि निर्वाचनमा सहभागी हुने करिब करिब पक्का जस्तै भएको छ ।

मोर्चा निर्वाचनमा सहभागी भएसँगै अब निर्वाचन दुई चरणमा गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलका नेताहरुसँग शीर्ष तहमा छलफल सुरु गरेका छन् । मोर्चा सहभागी हुने शर्तमा दुई चरणमा निर्वाचन गर्नेबारे प्रमुख दल नेपाली काँग्रेस पनि पूर्ण सहमत छ । काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालवीचको छलफलमा यसबारेमा सहमति बनेको एक नेताले जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्री दाहालले आज विहानमात्रै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसँग पनि निर्वाचनको मिति सार्न सकिनेबारे संक्षिप्त छलफल गरेका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले बजेटपछि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने मिति सारेका छन् । उनले जेठ २० देखि २२ गतेको लागि मिति तय गर्नेगरि छलफल अघि बढाएका छन् ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री दाहालले अघि सारेको मितिमा कुनैपनि हालतमा सहमति नजनाउने भएपछि निर्वाचन अब बजेट आउनुभन्दा अघि अर्थात जेठ १५ गते अघि नै हुने भएको छ । दलहरुवीचको प्रारम्भिक छलफल अनुसार जेठको पहिलो सातामा स्थानीय तहको निर्वाचन हुने बुझिएको छ । एमालेले बजेट पछि निर्वाचन गर्ने भए उक्त निर्णयको विरुद्धमा देभव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटामा भएको सत्तारुढ दल र मधेशी मोर्चाका शीर्ष नेताहरुवीचको छलफलमा समेत दुई चरणमा निर्वाचन गर्ने सहमति भएको काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका थिए । शीर्ष नेताहरुका अनुसार शुक्रबार नै सहमति गर्ने प्रयास थियो । संविधान संशोधन विधेयक परिर्माजन गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ ।

नव गठित कार्यदलमा कृष्णप्रसाद सिटौला र बृद्धिमान तामाङ छन् भने मधेसी मोर्चाको तर्फबाट राजेन्द्र श्रेष्ठ, लक्ष्मण लाल कर्ण छन् । कार्यदलले आज विहानभर गृहकार्य गर्नेछ र दिउँसो २ बजे फेरि शीर्ष नेताहरुको बैठक बस्नेछ ।

त्यस्तै हिजोको बैठकमा मधेसी मोर्चाका मागलाई सम्बोधन गरेर सबै दल निर्वाचनमा सहभागी हुने निर्णय लिइएको सत्तापक्षको दाबी थियो । यो सहमतिले औपचारिकता पाए चुनाव दुई चरणमा हुने निश्चित छ ।्

त्यस्तै मोर्चा निर्वाचनमा आउने भएपछि अब स्थानीय तहको संख्या पनि अब जनसख्याको आधारमा वृद्धि हुने भएको छ । मोर्चा विगत एक महिनादेखि यही माँग्ग अघि सार्दै आईरहेको थियो। यो सहमति अनुसार प्रदेश नम्बर २ का साथै ५ र १ का केही जिल्लाको स्थानीय तह हेरफेर हुनेछ । स्थानीय तहको संख्या र सीमा हेरफेर भएका स्थानहरुमा दोस्रो चरणमा चुनाव हुनेछ । जेठभित्रै चुनाव हुन्छ, मोर्चाका एक नेताले भनेका छन् ।

स्रोत रिपोटर्स नेपाल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह

ताजा

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

२०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.