ला लिगा फुटबल, बार्सिलोना शीर्ष स्थानमा
उपाधि होडमा बार्सिलोना र रियल मड्रिडले एक अर्कालाई दबाब दिँदै आएका छन् । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ३–० ले हरायो । बार्सिलोनालाई जिताउन लुइस स्वारेजले दुई तथा इभान रेकिटिकले एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरीमा रोकिएको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गर्यो।
५० औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ७६ औं मिनेटमा रेकिटिकले बार्सिलोनाको अग्रता दोब्बर पारे । ८७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० ले विजयी भयो ।
यो खेलमा मेस्सीले भने गोल गर्न सकेनन् । जितपछि शीर्ष स्थानको बार्सिलोनाको ३५ खेलबाट ८१ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिडको पनि ८१ अंक नै छ । बार्सिलोनाले अब लिगका तीन खेल खेल्न बाँकी छ । बार्सिलोनाले अब लिगमा भिल्लारियल, लास पालमस र एइबरसँग खेल्न बाँकी छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

