Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

बैंकमा जम्मा गर्न पठाएको रकम लिएर भागि दिए पछी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, बैशाख, १८
बैंकमा जम्मा गर्न पठाएको रकम लिएर भागि दिए पछी

 बैंकमा जम्मा गर्न पठाएको रकम लिएर भाग्ने सिन्धुली कपिलकोट–६ घर भई काठमाडौं महानगरपालिका–९ पुरानो गुजेश्वरी बस्ने २३ वर्षीय सुनिल पौडेललाई प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ ।
गत बैशाख ६ गते काठमाडौँ महानगरपालिका–१० बानेश्वर स्थित नेशनल मनि ट्रान्सफरबाट कुशुम खनालले पौडेललाई नेपाल ईन्भेष्टमेण्ट बैंकमा ५ लाख रुपैयाँ खातामा राख्नको लागि बा.२८ प ९६०७ नम्बरको स्कुटर सहित पठाएकोमा खातामा रकम जम्मा नगरी पौडेल फरार भएका थिए ।
पौडेललाई प्रहरीले शनिबार काठमाडौं महानगरपालिका–९ बालाजु स्थित उनको कोठाबाट उक्त स्कुटर, नगद ६३ हजार रुपैयाँ  र मोवाइल १ थान सहित पक्राउ गरेको थियो ।

Top Changing Nepal

युट्युब सट्स